Menu

रणस्मृति पुरस्कार संस्थाव्दारा स्थापित शक्ति पुरस्कार साहित्यकार अधिकारीलाई प्रदान

कोपिला कंडेल, बागलुङ २०७४ साउन ३० । हरेक बर्ष प्रदान गरिदै आएको रणस्मृति पुरस्कार एबं यसवर्ष देखी शुरुआत गरिएको शक्ति पुरस्कार एबं सम्मान कार्यक्रम आज एक समारोहका बिच बितरण गरिएको छ । रणस्मृति पुरस्कार संस्थानले सुरुआत गरेको शक्ति पुरस्कार एबं सम्मान स्याङ्गजाका साहित्यकार विश्वप्रेम अधिकारीलाई प्रदान गरिएको छ । अधिकारीले साहित्य क्षेत्रमा ठुलो योगदान पुर्याएको भन्दै संस्थाले नगद रु ८ हजार सहित सम्मान पत्र र दोशल्ला ओढाएर सम्मान गरेको थियो ।

त्यसैगरी यसवर्षको रणस्मृति पुरस्कारबाट रुद्रे पिपल माबि कक्षा ८ मा अध्यनरत पुष्प पौडेल, सिवानी बिक, ध.बि. मा.बि करिष्मा बिक, सपना शर्मा,र रामरेखा आधारभुत बिद्यालय कक्षा ५ मा अध्यनरत राजदेब मगरलाई पुरस्कृत गरिएको रणस्मृति पुरस्कार संस्था बागलुङ्गले जनाएको छ । बागलुङ्गका समाजसेवी एबं शिक्षाप्रेमी शक्ति बहादुर खड्काले आफ्ना स्वर्गिय पिता रण बहादुर खड्काको स्मृतिमा यो पुरस्कारको अक्षय कोष स्थापना गरेका थिए भने रणस्मृति पुरस्कार संस्थाले यस वर्षदेखी साहित्य क्षेत्रमा योगदान पुर्याउने एक ब्यक्तिलाई पुरस्कृत गर्ने निर्णय स्वरुप पहिलो पुरस्कार स्याङ्गजाका साहित्यकार अधिकारीलाई प्रदान गरेको हो ।

पुरस्कृत एबं सम्मानित सबैलाई बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले सम्मान एबं पुरस्कृत गरेका थिए ।
सम्मान पछि बोल्दै नगर प्रमुख पौडेलले मुलुकमा लोकतन्त्र स्थापना पछि साहित्य एबं बिभिन्न क्षेमता र प्रतिभाको उजागर हुदै गएको बताउदै यस्ताखाले पुरस्कारले अग्रजहरुको सम्मान एबं साहित्यिक क्षेत्रको बिकास र बिस्तारका लागि महत्वपुर्ण हुनेमा जोड दिए ।

सो अवसरमा सम्मानित ब्यक्तित्व विश्वप्रेम अधिकारी, रत्नश्रेष्ठ पुरस्कार गुठीका अध्यक्ष एबं साहित्यकार प्रेम छोटा, स्याङ्गजा वालिङ्ग क्याम्पसका प्रमुख ईन्द्रराज ढकाल, स्याङ्गजाका युवाकवी सञ्जु अर्याल, युवराज ढकाल, समाजसेबी देब बहादुर श्रेष्ठ, रुद्रेपिपल माबिका प्रधानाध्यापक राजेश श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी बागलुङ्गका उपशभापति राजेन्द्र आचार्य, र पुरस्कृत बिद्यार्थी रुद्रेपिपल माबिका पुष्प पौडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रम रणस्मृति पुरस्कार संस्था बागलुङका अध्यक्ष काजि रोशनको अध्यक्षता, सदस्य कृपा पौडेलको स्वागत मन्तब्य र सदस्य सचिव भोज बहादुर खड्काको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *