भान्जीलाई गतिलो नपढाएको भन्दै शिक्षक कुट्ने अभिभावक माथी प्रहरीमा उजुरी

कमल पौडेल, वामी गुल्मी २०७४ साउन ३० । मुसिकोट नगरपालिका वडा नं. ४ मा रहेको दिगामचौर प्राथमिक विद्यालयका शिक्षक विक्रम लिम्वुलाई सोहि विद्यालयका अभिभावकले कुटेका छन्। प्रधानाध्यापक सीता कार्कीका अनुसार सोहि स्थानका राजेन्द्र राना कुमालले लिम्बुलाई कुटेका हुन् । पटक पटक विद्यालयमा समस्या थप्न खोज्ने अभिभावक समेत रहेका राजेन्द्रले विद्यालयमै कार्यरत शिक्षकलाई निर्घात कुटपीट गरेको कार्कीले वताईन् ।

शिक्षक लिम्बुले विद्यालयमा पढ्ने भान्जीलाई किन गतिलो गरि नपढाएको भन्दै कुटेको आरोप लगाएका छन् । लिम्बु विरुद्ध प्रहरी चौकी वामीमा उजुरी गरिएको विद्यालयले जनाएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *