सहकारीको सक्रियतामा बाढी पहिरो पीडितका लागि घर–दैलो राहत संकलन अभियान

सुमन जि.सी, बागलुङ २०७४ साउन ३० । चारतारे युवा क्लव सिवाईसी नेपाल, सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. र जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङव्दारा देशका विभिन्न क्षेत्रमा वाढि पहिरो र डुवानबाट भएको धनजनको क्षतीप्रती दुखः व्यक्त गर्दै सोमवार बागलुङ बजार क्षेत्रमा राहत संकलन अभियान सञ्चालन गरेको छ ।

संस्थाहरुको समाजप्रतीको उत्तरदायित्व वहन गर्दै सञ्चालन गरिएको राहत संकलन अभियानमा नगद रु. ५० हजार ३ सय ५ रुपैया संकलन भएको छ । बजार क्षेत्रमा घर–दैलो अभियान सञ्चालन गरि उक्त रकम संकलन गरिएको हो । संकलीत रकम छिट्टैनै प्रभावित क्षेत्रमा गएर वितरण गरिने अथवा जिल्लाबाट जाने एकद्वार प्रणाली मार्फत पठाईने सिवाईसी साकोसका प्रवन्धक नवराज शर्माले बताए ।

विपदको अवस्थामा सरकारको मुख ताकेर मात्र बस्नु भन्दा सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरी विपदलाई मिलेर समाधान गर्न सकिने र पिडितहरुका लागि पनी सहयोग हुन्छ भन्ने भावनाले संस्थाहरुले राहत संकलन अभियान सञ्चालन गरेको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको भनाई थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *