ताराखोला गाउपालिका-३ हिलमा कृषि सन्जालको नयाँ कार्य समिति चयन

शान्त खत्री ‘मौसम’, बागलुङ (तार)२०७४ साउन ३० । ताराखोला गाउपालिका-३ हिलमा भएको कृषकहरुको एक भेलालेकृषि सञ्जालको नयाँ कार्यसमिति चयन गरिएको छ । भेलाले कर्ण बहादुर भण्डारीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा पुर्ण रोका, सचिवमा डम्बर थापा, कोषाध्यक्षमा सीता सापकोटा, सहसचिवमा रुपा बिक चयन भएका छन्। सदस्यहरुमा पुर्ण चालिसे, भबि रोका, भिमप्रसाद सुवेदी, कृष्ण चोखाल, पुर्णलाल ढकाल, आशा अठारे, छम बहादुर थापा, कृषि प्राबिधिक गंगा रोका, गाउपालिकाका अधिकृत शान्ति पौड्याल र जनप्रतिनिधिको तर्फदेखि तेजुमाया भण्डारी परियार रहेका छन् । त्यस्तै दुर्गा अठारे, नर बहादुर थापा, दल बहादुर रोका सदस्य रहने गरि ३ सदस्यीय सल्लाहकार समिति गठन भएको छ ।

वडा अध्यक्ष डिल बहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कृषक डम्बर थापा, खिमराज गैरे, पुर्ण बहादुर थापा, पुर्ण रोका, रिम बहादुर थापा, छम बहादुर थापा लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रम खड्क बहादुर कार्कीको अध्यक्षता, गौरी कडेलको स्वगत मन्तब्य र गाउ सञ्चार समितिका सचिव शान्त खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *