राजयोग मेडिटेशन, खुशियाली जीवन र स्वच्छ समाजकालागि अपरिहार्य : राजयोगिनी सावित्री

राजयोग प्रशिक्षणको मानव जीवन परिवर्तनमा महत्वपुर्ण भुमिका- उपमेयर रेणुका काउचा

गुमानसिँह भण्डारी, गल्कोट २०७४ साउन ३० । ब्रह्मकुमारी ईश्वरीय बिश्व बिद्यालय गल्कोटको आयोजनामा हटियामा ५ दिने खुशीयाली जीवन स्वच्छ समाजका लागी राजयोग मेडिटेशन शिविर सञ्चालन भईरहेको छ । साउन २७ गतेदेखि सञ्चालन भईरहेको प्रशिक्षण कार्यक्रममा मानव जाति कसरी खुशी बन्न सकिन्छ भन्ने बिषयमा ब्रह्मकुमारी ईश्वरीय बिश्य बिद्यालय धौलागीरी क्षेत्रीय प्रमुख राज योगिनी ब्रह्मकुमारी साबित्री दिदीले प्रशिक्षण दिईरहेकी छिन् ।

आजको प्रशिक्षण कार्यक्रममा बोल्दै राजयोगिनी दिदी सावित्रीले हामीले आफना छोराछोरीलाई राम र सीताजस्तो भईदिए हुन्थ्यो भन्ने भावना राख्ने गरेको बताउदै यस किसिमका प्रशिक्षणबाट हाम्रो उद्देश्य परिपूर्ति हुने बताईन् ।

कार्यक्रममा गल्कोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचाले संसारमा आँट गरे कुनै पनि कार्य असम्भव नहुने बताउदै महिलाहरुले आयोजना गरेको कार्यक्रम आफैमा महत्वपुर्ण भएको उल्लेख गरिन । उनले यस्ता खाले प्रशिक्षण कार्यक्रमले मानिसहरुको जीवन परिवर्तनमा महत्वपुर्ण भुमिका खल्ने पनि बताईन् ।

कार्यक्रममा गल्कोट नगर्पालिका भित्रका करिब ५ सय जनाको सहभागीता रहेको थियो । कार्यक्रम धौलागीरी क्षेत्रीय प्रमुख राज योगिनी ब्रह्मकुमारी साबित्री दिदीको अध्यक्षता, बह्मकुमारी मीना चोखालको स्वागत मन्तब्य र बह्मकुमारी प्रतिभाको सञ्चालनमा सम्पन्न भएको थियो ।

सो अवसरमा श्रीकृष्ण जन्माष्टमी कार्यक्रम पनि आयोजना गरिएको थियो ।

कार्यक्रममा बिषयबस्तुमा आधारित बिभिन्न गीत तथा नाटक समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम भोलि समापन हुने ब्रह्मकुमारी स्मृतिले जानकारी दिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *