बुर्तिवाङमा स्वास्थ्यको वार्षिक समीक्षा सुरु : स्वास्थ्य क्षेत्रमा संवेदनशीलता आवश्यक

नारायण रिजाल, बुर्तिवाङ २०७४ साउन ३० । जिल्ला जनस्वास्थ्य कार्यालय, बागलुङले स्थानिय तहमा आफ्नो बार्षिक समीक्षा संचालन गरको छ । सोमबार देखी जिल्लाको पश्चिम बुर्तिबाङमा आर्थिक वर्ष ०७३।०७४को बार्षिक समीक्षा सुरु भएको छ । ढोरपाटन नगरपालिका तमान खोला, निसी र बडीगाड गाउँपालिका अन्र्तगतका स्वास्थ्य संस्थाहरुको बार्षिक प्रगतीको समीक्षा गरिने छ ।

संघिय संरचना अनुसार जिल्लामा यस वर्ष स्वास्थ्य क्षेत्रमा भएको प्रगतिको बारेमा बार्षिक समिक्षा कार्यक्रम नगरपालिका र गाउँपालिका स्तरीय नै गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालयका तथ्याङक सहायक घनश्याम सापकोटाले बताए ।
समीक्षामा स्थानिय निकायका प्रमुख र उपप्रमुख स्वास्थ्य संस्था प्रमुखहरुको उपस्थित रहेको छ ।

२ दिन सम्म संचालन हुने समिक्षाको उदघाट्न कार्यक्रममा बोल्दै निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले स्वास्थ्य क्षेत्रको बिकासका लागि स्थानिय तहमा नीति नियमका साथ आफुहरु लागि पर्ने बताए । उनले गाउँको स्वास्थ्य क्षेत्रको विकासको लागि हरेक निकायको सहयोग पनि आवश्यक रहेको स्पष्ट पारेका थिए ।

कार्यक्रममा तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले स्वास्थ्य क्षेत्र निकै संवेदनशील क्षेत्र भएको कारण सम्पुर्ण स्वास्थ्यकर्मीहरुले विशेष सहयोगी भुमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको औँलयएका थिए ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख करमती पुन मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बडीगाड गाउँपालिकाका कार्यबहाक अध्यक्ष खडक बहादुर पुन, जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका पब्लिक हेल्थ नर्स हरिकाशी पालिखे लगायतले मन्तव्य दिएका थिए ।

समीक्षामा जिल्लामा भएको प्रगति र स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रमको बारेमा जिल्ला जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ सुपरभाईजर देवप्रकाश घिमिरे, हेल्थ असिष्टेन्ट चुडामणि कंडेल, र घनश्याम सापकोटाल जानकारी गराएका थिए ।

समीक्षामा पश्चिमका १८ वटा स्वास्थ्य संस्था र जिल्लामा स्वास्थ्य क्षेत्रमा काम गर्ने मेडिक मोबाईल लगायतको विभिन्न संघ संस्थाको सहभागिता रहेको छ । स्थानिय स्तरको समीक्षा पछि जिल्लास्तरीय र प्रदेशमा पनि गरिने बताईएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका तथ्याङक सहायक घनश्याम सापकोटाको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेब ऋतुबर्ण पौडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *