गल्कोटको इतिहास जीवित राख्न गल्कोटवासी एकजुट हुन जरुरी : रेग्मी

गलकोट सेवा समाज बागलुङको तेस्रो अधिबेशन सम्पन्न, नयाँ कार्य समिति गठन !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७४ साउन ३० । गलकोट सेवा समाज बागलुङको स्थापना भएको ९ बर्षमा भएको तेस्रो अधिवेशनले नेत्र न्यौपानेको अध्यक्षतामा १३ सदस्य कार्य समिति गठन भएको छ ।

समितिको उपाध्यक्ष राजबहादुर थापा, सचिव हरिलाल सुवेदी ,कोषाध्यक्ष यमकली राना, सह सचिव लक्ष्मण थापा, सदस्यहरु उमेश गौतम, दलबहादुर थापा, रत्ना भण्डारी ,पुर्णबहादुर खड्का, कविता बस्नेत, कृष्ण खड्का, जगत विक, १ सदस्य पछि थप गरिने बताईएको छ ।

अधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष होम बहादुर थापाले प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा घुम्टे साईकल यात्रा, बनभोज, रामथापा एकल साझ , राज्य पुनर्संरचनामा ढोरपाटन अलग्याउने बिषयमा विरुद्ध लागेको अभियान बारे अध्यक्ष होमबहादुर थापाले प्रकाश पारेका थिए। सो अवसरमा कोषाध्यक्ष यामकला रानाले आयव्यय प्रस्तुत गरेकी थिईन् ।

२०६९ सालका प्रमुख अतिथि जेष्ठ नागरिक नारायण दत्त रेग्मीले मान्छेले जन्मदा केही नल्याउने र जादा पनि केहि नलैजाने भएकोले समाजको सेवा गर्नुपर्ने बताए । गल्कोटको ईतिहासमात्र काफी भएकोले गल्कोटको ईतिहासलाई जीवीत राख्न गल्कोटबासी जुट्नु पर्ने उनको भनाई थियो ।

प्रध्यापक डाक्टर दीनबहादुर थापाले हरेक संस्थाको बलियो आधार भनेको संस्थाको भावना धर्म ,सस्कृति जातीय भावना भन्दा माथि उठेर एकता र आर्थिक पातो रहेकोले त्यसमा ध्यान दिनुपर्ने बताए ।

सल्लाहकार धु्रवराज गौतमले धनपैसाले हुनेभए गल्कोट जति धनी ,कहिँ छैनहोला तर पैसाको लहरमा जापान र युरोप, अमेरिका जाने संस्कारले अध्ययनमा कमी आएको बताउदै सभ्य समाजको लागि अध्ययन जरुरी रहेको बताए ।

गल्कोट सहकारी संस्थाका कोषाध्यक्ष भक्तिराम न्यौपाने, नेपाली काँग्रेसका उमेश गौतम, नेकपा एमालेकी रत्ना भण्डारी रिषीराम रोका ,ललिता थापा लगाष्यतले मन्तव्य दिएका थिए ।

कार्यक्रम गलकोट सेवा समाज बागलुङका अध्यक्ष हुमबहादुर थापाको अध्यक्षता सदस्य नेत्रलाल न्यौपानेको स्वागत र हरि सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *