प्रवास: छोरीको पास्नीको खर्च बाढी पहिरो पीडितलाई

अस्ट्रेलिया, २०७४ साउन ३० । अबिरल बर्षाको कारण हालसम्ममा २६ जिल्ला बाढीमय भएको छ र कम्तीमा ७० को मृत्यु, ५० बेपत्ता र ३४ हजार घर डुबानमा परी देश प्रलयकारी भूकम्पका कारण राहत पाइ नसक्दा नसक्दै फेरि अर्को राष्ट्रिय शोकमा डुबेको छ । बिश्वको कुनै पनि कुनामा बस्ने नेपाली यस्तो अवस्थामा चैनले बस्न सक्तैनन । भूकम्प पीडितहरुको राहतको लागि बिभिन्न देशबाट जुटाइएको सहयोग यस्को ज्वलन्त उदाहरण हो ।

प्रत्येक दिनको पीडादायक समाचारका कारण कुडलिएको मनकै परिणाम अस्ट्रेलियाको जिलोङ निवासी रवी शाह र निता शाहले आफ्नी सुपुत्री अग्रणी राज्यलक्ष्मी शाहको अन्न प्रासन कार्यक्रमको लागि तयारी गरिरहेको बेलामा आएको यो राष्ट्रिय शोकका कारण अन्न प्रासन कार्यक्रम नगरी यस्का लागि गरिने खर्च अस्ट्रेलियन एक हजार डलर धुर्मुस(सुन्तली फाउण्डेशन मार्फत बाढी पीडितहरुको सहयोगार्थ उपलब्ध गराउने निर्णय गरेका छन् । यस्तो उदाहरणीय कार्यक्रमको थालनीको लागि शाह दम्पति धन्यवादका पात्र छन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *