श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा बालमन्दिरमा इस्कोनको प्रवचन !

बागलुङ २०७४ साउन २९ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (ईस्कोन नेपाल) बागलुङले भोलि साउन ३० गते भगवान श्रीकृष्ण जन्माष्टमिका पावन अवसरमा स्थानीय बालमन्दिर भवनमा प्रवचन एवं भजन कीर्तनको आयोजना गरेको छ ।

सोमवार विहन १० बजे देखी १२ बजे सम्म हुने कार्यक्रममा श्रीमद् ए.सी. भक्तिवेदान्त स्वामी प्रभूपादले प्रवचन दिने कार्यक्रम रहेको छ ।

कार्यक्रमको पूर्वसन्ध्यामा नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (ईस्कोन नेपाल)मा आवद्ध समूहले आज आईतवार प्रचार स्वरुप हरेराम हरेकृष्ण …कीर्तन सहित बागलुङ बजार परिक्रमा गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *