खर्वाङमा विद्युत आपूर्ति सुचारु, मुसिकोट वामीमा केहि दिन लाग्ने

कमल पौडेल ‘अनुरागी’ बागलुङ (खर्वाङ) २०७४ साउन २९ । दुई दिन देखी अवरुद्ध गिरिंदी खोला जलविद्युत आयोजनाको नहर (कुलो) मरमत गरेपछी केहि समय अघि देखी विद्युत आपूर्ति सुचारु भएको छ । विद्युत आपूर्ति पछी स्थानीय उपभोक्ताहरुले अँध्यारोबाट मुक्ति पाएका छन् ।

यसैवीच छिमेकी मुसिकोट नगरपालिकाका केहि वडाहरुमा भने विद्युत आपूर्ति नियमित हुन केहि दिन लाग्ने बुझिएको छ । दरमखोला तल्लो र उपल्लो जलविद्युत आयोजनाको कुलो भत्किएकोले त्यस्कोे मर्मत गर्न दुई तीन दिन लाग्ने स्थानीले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *