भिङगिठे ठुलीचौरको पहिरोले खोला थुनिएपछी भिङगाड जलविद्युत आयोजना बगायो

कमल पौडेल ‘अनुरागी’, बागलुङ खर्वाङ २०७४ साउन २९ । निरन्तर वर्षा पछी बडीगाड गाउपालिका- ७ साविक भिमगिठे गाविस वडा न २ को ठुलीचौर बाट खसेको पहिरोले भिङगाड खोला थुनिएपछी खोलापारी रहेको ४२ किलोवाटको भिमगाड प्रथम जलविद्युुत आयोजनाको पावर हाउस पुरै बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले दिएको जानकारी अनुसार पहिरोले २० हात लम्वाई २० हात चौडाई भएको टिनले छाएको दुईतले पावर हाउस बगाउदा त्यस भित्र रहेका आयोजनाका पाटपूर्जा सहित कागजात र नगद ४२ हजार रुपयाँ पहिरोमा परेको छ । पहिरोबाट कुनै मानवीच क्षेती नभएको पनि प्रहरीले जानकारी दिएको छ ।

दिउसो १.३० वजेको समयमा ठुलाचौरबाट खसेको पहिरोले भिङगाड खोला थुनेपछी पारीपट्टीको कुनाबाट ताल फुटेर योजनाको भवन सहित सबै बगाएको प्रत्यक्षदर्शी भिमलाल भुसालले बताए । ठुलाचाैर खेतबाट गएकाे पहिराे खाेलामा थुनिदा पावरहाउस सगै खेति याेग्य जमिन नष्ट गरेकाे बिमल खड्काले बताए । २०५५ सालमा निमार्ण सुरु गरी २०५९ सालमा उतm बिधुत आयोजना सञ्चालनमा आएको हो ।

बुद्धमावि खालका प्रअ कमल अधिकारीका अनुसार ५ सय उपभोक्ता रहेको सो जलविद्युत आयोजना मध्यपहाडी लोकमार्गको भिङगिठेको पुल देखी करीब ३ सय मिटर माथि पर्दछ ।

पहिरो र बाढीले मोटरेबल पुल र भिङगाड बजार भने सुरक्षित रहेको समाजसेवी गण्डकी थापा अधिकारीले जानकारी दिईन् । समाजसेवी अधिकारीले अझै पहिरो खस्ने सम्भावना भएका कारण भिमगाड बजारवासीलाई सतर्क रहन आग्रह समेत गरेकी छन् ।

तस्वीर- गण्डकी थापा अधिकारी, भिङगिठे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *