बुर्तिबाङमा लघुवित्त कर्चचारी मिलन केन्द्र गठन

सुमन सुनार, र्बुिवाङ तसाउन २९ । पश्चिम बागलुङका ४ स्थानीय तहलाई कार्यक्षेत्र बनाएका लघुवित्तमा कार्यरत कर्मचारीहरुको भेलाले शनिबार लघु वित्त कर्मचारी मिलन केन्द्र गठन गरेको छ ।

बुर्तिबाङमा आफ्नो कार्यालय स्थापना गरि ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका विभिन्न स्थानमा समुह बनाई क्रियाशील रहेका ७ वटा लघुविक्त संस्थाका प्रतिधिहरु उपस्थित प्रथम सम्मेलनबाट ७ सदस्यीय समिति गठन गरेका छन् ।

सम्मेलनले अध्यक्षमा नेष्डो नेपालका शाखा प्रबन्धक पुष्पा मल्ल सेनलाई चयन गरेको छ । यस्तै उपाध्यक्षमा सिवाईसी लघुवित्त शाखाका प्रबन्धक दयाराम थापा, सचिवमा जनसेवी लघुवित्त शाखाका प्रबन्धक बिमल श्रेष्ठ, कोषाध्यक्षमा सुर्योदय लघुवित्त वित्तिय संस्था शाखा कार्यालयका प्रबन्धक रविन्द्र विश्वकर्मा, सदस्यहरुमा डिसीआरडिसी लघुवित्त शाखा प्रबन्धक धना श्रीस , नेपाल एग्रो लघु वित्त शाखाका प्रबन्धक कमल सुवेदी र निर्धन उत्थान बैंकका शाखा प्रबन्धक चोमबहादुर विश्वकर्मा रहेका छन् ।

लघुवित्त कार्यक्रम सञ्चालन गर्दा एक आपसको साझेदारी, सञ्चालनका क्रममा देखिने समस्या चुनौतिका विषयमा एक आपसमा छलफल तथा समस्या समाधानका लागि संगठित हुनका सम्मेलनबाट समिति गठन गरिएको निर्धन उत्थान बैंकका लेखापाल कुशल नेपालले बताए । सम्मेलनमा करिव ४० भन्दा बढी उपस्थिति रहेको बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *