जनमोर्चाको नगर भेला: प्रदेश तथा संघको निर्वाचनको तयारीमा लाग्न केस ढुंगानाको नर्देशन

थानेश्वर सुवेदीको अध्यक्षतामा १३ सदस्यीय राष्ट्रिय जनमोर्चा बागलुङ नगर समिति गठन

विजय राना, बागलुङ २०७४ साउन २८ । राष्ट्रिय जनमोर्चा बागलुङको नगर समितिको भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका संयोजक तथा राजमो केन्द्रिय सदस्य राजेन्द्र ढुङ्गानाले आसन्न प्र्रदेश तथा संघको निर्वाचनको तयारीमा लाग्न आफ्ना पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पार्टी कस्तो बनाउने भन्ने कार्यकर्ताको भरमा रहने बताउँदै ढुङ्गानाले प्रदेश र संघको निर्वाचनमा राष्ट्रिय जनमोर्चाको बलियो उपस्थितिको लागि आजै देखि लाग्नु पर्नेमा जोड दिए ।

नागरिक समाजका काजी गाउँले श्रेष्ठले बागलङमा कम्युनिष्ट आन्दोलनको इतिहास बारेमा प्रशिक्षण दिंदै राष्ट्रिय जनमोर्चाले राष्ट्रियताको सवालमा गर्विलो इतिहास बोकेको बताए ।

प्रशिक्षण दिंदै लक्ष्मी बासकोटाले जनमोर्चाले सरकारमा हुँदा पनि र सरकार बाहिर रहँदा पनि राम्रो काम गरिरहेको बताउँदै उच्च मनोबलका साथ संगठन निर्माणमा लाग्नु पर्ने बताईन् ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सचिव धर्म कुँवर, अखिल छैठौँका केन्द्रिय महासचिव भिमलाल पोख्रेलले शुभकामना मंतव्य दिएका थिए ।

राष्ट्रिय जनमोर्चा बागलुङ नगर समितिको आज भएको भेलाले थानेश्वर सुवेदीको अध्यक्षतामा १३ सदस्यीय राष्ट्रिय जनमोर्चा बागलुङ नगर समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा घनश्याम विक, योगेन्द्र शर्मा, प्रेम गौतम, आशा केसी, भिम मल्ल, धनादेबी शर्मा, लोकनाथ शर्मा, सिपि अधिकारी, विष्णु अधिकारी प्रेम रोका र दिनेश अधिकारी रहनु भएको छ भने एक स्थान रिक्त राखिएको छ ।

कार्यक्रममा जनमोर्चाले जनप्रतिनिधिहरु जिल्ला समन्य समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गाना, बानपा ३ का अध्यक्ष लक्ष्मी बास्कोटा, र लोकनाथ पौडेललाई खादा ओढाएर सम्मान गरिएको थियो ।

राजमो नगर संयोजक घनश्याम विकको अध्यक्षतामा सम्पन्न कार्यक्रको सञ्चालन थानेश्वर सुवेदीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *