अमर माध्यमिक विद्यालयमा बाल क्लबको अध्यक्षमा चन्द्रा कँडेल चयन

दामोदर पौडेल, बागलुङ २०७४ साउन २८ । काठेखोला गाउपालिका वडा नं ५ बिहुँकोट पोखरामा अवस्थित अमर माध्यमिक विद्यालयमा १३ सदस्यीय बाल क्लब गठन गरिएको छ ।

उक्त क्लवमा अध्यक्ष चन्द्रा कँडेल, उपाध्यक्ष द्वय तारावहादुर पुन र राधा वि क, सचिव पुर्णश्वर कँडेल, सह सचिव शान्ता वि क, कोषाध्यक्ष अमर वहादुर कँडेल क्षेत्री, सह कोषाध्यक्ष पूजा कँडेल र ५ सदस्य रहेका छन ।

उक्त वाल क्लबले विद्यालयको शैक्षिक समुन्नति, वातावरणीय संरक्षण, अनुशासन, व्यक्तित्व विकास, सिर्जनात्मक क्षमताको विकास मा जोड दिदै बाल वालिकाको हक अधिकारका विषयमा समेत रचनात्मक भुमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

प्रधानाध्यापक भीष्म कँडेलको सभापतित्व शिक्षक गणेश प्रसाद कँडेलको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा सहायक प्र।अ। रधुपति शर्मा, शिक्षक दुर्गा वहादुर पून र राधा शर्माले मन्तव्य व्यक्त गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *