कुवेतमा भिङगिठेका मृतक कपिल घर्तीका परिवारलाई ६४ हजार आर्थिक संकलन

बिमल खड्का बुर्तिवाङ २०७४ साउन २८ । सेवा नै धर्म हो भन्ने सोँचका साथ बागलुङ जिल्ला बडीगाड गाउपालिका वडा नम्बर ७ भिमगिठेका युवाहरुले कुवेतमा मृत्यु भएका कपिल घर्तिका परिवारलाई आर्थिक संकलन सुरु गरेका छन । कुवेतमा रहेका नेपालीहरुले मृतक घर्तिको छोरीको पढाई र उपाचर खर्चका लागी रकम संकलन अभियान सुरु गरेका हुन ।

रोजगारीका लागी कुवेतमा रहेका नेपालीहरुले सामाजिक संजालबाट सुरु गरेको अभियानमा अहिले सम्म ६४ हजार ३ सय ८५ रुपैया संकलन गरेको बताएको छ ।

मृतक घर्ति बिगत ३ बर्ष देखी कुवेतमा रोजगारीका लागी गएका थिए गत साउन ४ गते समुन्द्रमा डुवी उनको मृत्यु भएको थियो । अभियान अझै जारी रहेकाले मृतक घर्तिको परिवारलाई सहयोग गर्ने आर्थिक संकलन अभियानले अपिल गरेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *