राजमो गल्कोटको नगर भेला सम्पन्न

गुमानसिँह भण्डारी, गल्कोट २०७४ साउन २८ । रााष्ट्रिय जनमोर्चा गलकोट नगरपालिकाको नगर भेला शनिवार सम्पन्न भएको छ । भेलामा बोल्दै जनमोर्चाका जिल्ला अध्यक्ष अम्मर बहादुर थापाले पार्टीलाई अगाडि बढाउनका लागी युवा, बृद्ध, महिला लगायतलाई समावेश गरेर अगाडि लैजानुपर्नेमा जोड दिए ।

भेलाले टंक बहादुर केसीको संयोजकत्वमा ३५ सदस्यीय गलकोट नगर समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा अम्मर बहादुर खत्री, सचिवमा लाल बहादुर राना, कोषाध्यक्षमा पदम श्रेष्ठ रहेका छन् ।

कार्यक्रममा अखिल नेपाल ट्रेड युनियनका केन्द्रिय अध्यक्ष नारायण सापकोटा, अखिल नेपाल शिक्षक संघका जिल्ला कोषाध्यक्ष पुष्कर सापकोटा, जातिय समता समाजका जिल्ला अध्यक्ष खड्क बिक, अखिल नेपाल महिला संद्यका जिल्ला उपाध्यक्ष सुनमाया ढकाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रम टंक बहादुर केसीको अध्यक्षता, पदम श्रेष्ठको स्वागत मन्तब्य र सोमलाल सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *