जिल्ला शिक्षा कार्यालयको बेवास्ताले नवोदित प्राथमिक विद्यालय धरासायी हुने अवस्थामा

गुमानसिँह भण्डारी, गल्कोट २०७४ साउन २८ । गल्कोट नगरपालिका- ९ बाङगेसल्लाको नवदित प्राथमिक बिद्यालयमा आर्थिक अभाव भएको छ । वाडकै ग्रामिण बस्ति त्यसमाथी स्थानियको आर्थिक अवस्था कमजोर भएकाले बिद्यालयलाई आर्थिक समस्या परेको हो । गाउमा बसोबास गर्ने अन्य परिवार बिहान काम गरेर बेलुका बल्लतल्ल खानुपर्ने अवस्थाका भएकाले बिद्यालयलाई सहयोग गर्न सक्ने अवस्था नभएको स्थानिय तेन्जिन्द्र बिकले बताए ।

बिद्यालयको आर्थिक अवस्था कमजोर भएकै कारण स्थानिय स्रोतबाट अध्यापन गराउने शिक्षकलाई तलब खुवाउने समस्या परेको छ । बिद्यायमा जिल्ला शिक्षा कार्यालयले प्रयाप्त दरबन्दी दिन नसक्दा आफ्ना बालबालिकाको भबिष्य प्रती स्थानीयहरुले चिन्ता व्यक्त गरेका छन ।

बिद्यालयको समस्या बारम्बार जिल्ला शिक्षा कार्यालयमा जानकारी गराएपनी चासो नदिएको स्थानियको गुनासो छ । बिद्यालयमा शिक्षकको समस्या सगै भौतिक संरचनाको समेत अभाव रहेको छ । भवनहरु जीर्ण भएर चर्किएका छन । त्यस्तै भवनमा जोखिम मोलेर विद्यार्थीहरु अध्ययन गर्नु पर्ने बध्यता समेत रहेको छ । कक्षाकोठाभित्र भएका बर्षौ पुराना डेक्स, बेन्चहरु कुहिएर भाचिएपछि यतिबेला बिद्यार्थीहरुलाई पुरानो कार्पेटमा राखेर भुईमा पढाईरहेको बिकको भनाई छ । जिल्ला शिक्षा कार्यालयको बेवास्ताले नवोदित प्राथमिक विद्यालय धरासायी हुने अवस्थामा पुगेको स्थानीयले बताएका छन् ।

अहिलेको समयमा निरन्तर रुपमा बर्षा हुने हुदाँ बिद्यार्थीहरुलाई पढाउन समस्या देखिएको बिकले बताए । बिद्यालयमा जिल्ला शिक्षा कार्यालयले थप दरबन्दी र भौतिक पुर्वाधार निर्माणका लागि कुनै सहयोग नगरेको स्थानियले आरोप लगाएका छन् । बिद्यालयमा आवश्यक अनुसारका भवन नहुदाँ कक्षा २ र ३ का विद्यार्थीलाई एउटै कोठामा राखेर अध्यापन गराउनुपर्ने बाध्यता भएको बिद्यालयका प्रध्यानाध्यापक बसन्ती गौतमले बताईन ्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *