गनपा- ९ बाङ्गेसल्लाका दुई घर पहिरोको उच्च जोखिममा

गुमानसिँह भण्डारी, गल्कोट २०७४ साउन २८ । गए रातिको अबिरल बर्षाका कारण गल्कोट नगरपालिका ९ बाङ्गेसल्लामा दुई घर पहिरोको उच्च जोखिममा परेका छन । स्थानिय सुरज बिक र पुर्ण बहादुर बिक को घर पहिरोको जोखिममा परेको स्थानिय तेजेन्द्र बिकले बताए ।

पहिरोले बिकको घरको पीँडी सम्मको भाग खसेको छ । भुकम्पले गर्दा चर्किएर बस्न नमिल्ने भएपछि सुरज बिक अर्को घरमा बस्दै आएका थिए भने तेजेन्द्र बिकको परिवार भने जोखिम मोलेरै सोहि घरमा बस्र्दै आएका छन ।

आर्थिक अवस्था कमजोर भएका कारण अरु ठाउमा सर्न सक्ने अवस्था नभएको स्थानियको भनाई छ । निरन्तर रुपमा बर्षा भए दुबैको घर पहिरोले बगाउने सम्भावना देखिएकोे छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *