दाउन्नेमा पहिरो जाँदा महेन्द्र राजमार्ग अवरुद्ध, हजारौ यात्रु र सावरी साधन अलपत्र

नवलपरासी (दुम्किवास) २०७४ साउन २८ । हिँजो राति नवलपरासीको दाउन्नेमा सडक भासिएपछी महेन्द्र राजमार्ग पूर्णत अबरुद्ध बनेको छ । राजमार्ग भएर पूर्व पश्चिम हिँडेका सयौँ सवारी साधनहरु र सयौँ यात्रुहरु सडकमै अलपत्र परेका छन् । प्रहरीका अनुसार महेन्द्रराजमार्गको दाउन्ने खण्डका ४ स्थानमा १५ देखि , २५ मिटर सम्म सड्क खसेको छ ।

सडक अवरुद्ध बनेपछी सयौँ सवारी साधनहरु सडकमा जाम परेका छन् भने यात्रुहरुको बिचल्लीमा परेको बर्दघाटबाट लालसिँह घर्तीले जानकारी दिए । उनले ठाउँ ठाउँमा सडक भासिएपछी घण्टौँ देखी यात्रुहरु गन्तव्य पुग्न नसकी सडकमै अलपत्र परेका छन्, उनिहरुलाई खानपिनको पनि समस्या परेको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *