तल्लो सिरबारेमा घिमिरे खत्री कुल मन्दिर पहिरोको उच्च जोखिममा

थम्मन थापा सन्देश, गल्कोट २०७४ साउन २८ । निरन्तरको वर्षाले बागलुङको गलकोट नगरपालिका ७ तल्लो सिरबारेमा घिमिरे खत्री कुल मन्दिर पहिरोको उच्च जोखिममा परेको छ ।

गए रातीको भारी वर्षा पछि कुल मन्दिर मुनिबाट ठुलो पहिरो खसेको छ । रुख सहितको पहिरो खसेपछि मन्दिर उच्च जोखिममा रहेको र जुन कुनै बेला मन्दिर समेत खस्ने खतरामा रहेको घिमिरे खत्री कुल सुधार समितिका सचिव भीम केसीले जानकारी दिए ।

गत जेठ र असारमा मल्म पाण्डवखानी सडकको स्तरोन्नतिको क्रममा मन्दिर नजिक सम्म सडक कटिङ गरिएकोले उक्त मन्दिर पहिरोको उच्च जोखिममा परेको केसीले बताए । भिरालो साॅघुरो जमिनमा माटो मात्रै रहेकोले यस अघि पनि पहिरो खसेको थियो । उक्त स्थानमा तत्काल ग्याबिन जाली नलगाए थप क्षति हुने स्थानियको भनाई छ । त्यसका लागि गलकोट नगरपालिकाको कार्यालय र ईलाका प्रहरी कार्यालय हरिचौरमा समेत जानकारी गराईएको मन्दिर समितिले जनाएको छ ।

पहिरो पछि आजै गलकोट नगरपालिका ७ का वडा सदस्य लोक बहादुर थापा र नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका ७ का अध्यक्ष छुम बहादुर थापाले स्थलगत अवलोकन समेत गरेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *