पहिरोले मध्यपहाडी लोकमार्ग अबरुद्ध, गिरिँदी आयोजनको मुहान विग्रदा विद्युत बन्द !

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७४ साउन २८ । हिँजो देखी परेको अबिरल वर्षाले गिरिँदा खोला जलविद्यूत परियोजनाको मुहान विग्रिएकोले मध्यराति देखी विद्युत सप्लाई बन्द छ ।

१२ बजे भरखर मात्रै मध्यपहाडी लोकमार्गको खर्वाङ देखी हाँडीगाउँ वीचको भागमा पहिरो गएर लोकमार्ग अवरुद्ध बनेको छ । विहानपनि लोकमार्गको ठाउँठाउँमा पहिरो गएर केहि समय अवरुद्ध बनेको सडक डोजरले पहिरो पन्छाएर सन्चालनमा आएपनि भरखरको पहिरोले लोकमार्ग अवरुद्ध बनेको छ । पहिरो पन्छाउन केहि समय लाग्ने स्थानीयले बताएका छन् । मध्य पहाडी लोकमार्ग संग जोडिएका सम्पूर्ण ग्रामिण सडकहरुको यातायात ठप्पछ ।

उता मुसिकोट नगरपालिकाको वामीटक्सार दरमखोला तल्लो उपल्लो दुबै विद्युत आयोजनाको मुहान विग्रिएकाले नगरपालिकाको वडा नं २, ३, ७ र ८ वडा पुरैमा बिजुली सप्लाई ठप्प बनेको छ ।

यसैवीच खर्वाङ वामीटक्सार देखी तम्घास र बुटवल जाने सडकपनि रातिको वर्षा र पहिरोले बन्द छ । यात्रु र मालबाहक सवारी साधनहरु वीचवीचमा अलपत्र परेका छन् । खर्वाङ देखी वामीटक्सार जाने सडकको वीचमै ठुलो पहिरो खस्नाले सडक अवरुद्ध बनेको छ ।

अपडेट

खर्वाङ देखी हाँडीगाउँ वीचको भागमा पहिरो गएर दिउँसो १२ बजे देखी अबरुद्ध मध्यपहाडी लोकमार्ग अहिले ३ बजेर ४० मिनेट देखी सन्चालनमा आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *