ढोरपाटनमा सन्चालित पाँच दिवसीय खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न

सुमन सुनार, बुर्तिवाङ २०७४ साउन २८ । हरेक वर्ष जनैपूर्णिमा पर्वका अवसरमा ढोर बराह मन्दिरमा सन्चालन गरिने विबिध खेलकुद तथा साँस्कृतिक कार्यक्रम यहि साउन २३ गते शुभारम्भ (उद्घाटन)गरी हिँजो शुक्रवार सम्पन्न भएको छ ।

यस वर्ष साउन २३ गते जनै पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण परेपछी धार्मिक शास्त्र अनुसार साउन शुक्ल पन्चमी नाग पन्चमीका दिन जनैपूर्णिमा पर्व मनाउन विधिसम्मत हुने भएकाले नागपन्चमी पर्वका अवसरमा ढोर बराह मन्दिरमा जनैपूर्णिमा पर्व मनाईएको भएपनि समयाभावले वर्षेनी आयोजना गरिदै आएको खेलकूद तथा मनोरन्जनात्मक प्रतियोगितात्मक कार्यक्रमहरु सन्चालन नगरी साउन २३ गते जनैपूर्णिमाका दिन सुरु गरिएको थियो ।

खेलकुद तथा साँस्कृतिक कार्यक्रमको उद्घाटन समारोहका तस्वीरहरु । तस्वीर- ईन्द्र शाही, ढोरपाटन ।

यस खेलकुद तथा साँस्कृतिक कार्यक्रमको साउन २३ गते ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्न मेयर नेपाली पोखराबाट हेलिकप्टरमा ढोरपाटन आएका थिए । फर्कनेक्रममा इन्धन अभावले हेलिकप्टर बरेङमा आपात्कालीन अवतरण गरेको थियो ।

जनैपूर्णिमा मेलाका अवसरमा ढोरपाटन आयोजना हुँदै आएको बिविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम उत्तरगंगा बनबुकी जलाधार मन्दिर संरक्षण तथा सम्वद्र्धन समितिले सञ्चालन गरेको हो ।

पाँच दिन सम्म सञ्चालन गरिएको उक्त कार्यक्रममा समितिले खुल्ला पुरुष, महिला भलिबल, फुटबल, छेलो, दोहोरी गीत प्रतियोगिता लगायतका प्रतियोगितात्मक कार्यक्रमहरुको आयोजना गरिएको थियो ।

खुल्ला पुरुष भलिबल प्रतियोगितामा सुरज ढोरपाटन गेष्ट हाउस माछापोखरी काठमाडौको टिम प्रथम भएको छ भने उत्तरगंगा युवाक्लव बोबाङ व्दीतिय भएको छ ।

महिला भलिवल तर्फ ढोरपाटन दलित युवा क्लव प्रथम र ढोरपाटन सिसापानी युवा क्लव व्दीतिय भएको छ । यस्तै फुटवल प्रतियोगितामा डिवाइसी ढोरपाटन प्रथम भएको छ भने अरडीएफटी ढोरपाटन व्दीतिय भएको छ । उता खुुल्ला दाहोरीगीत प्रतियोगितामा रेम बहादुर घर्तिमगरको समुह प्रथम र निमान घर्ति मगरको टिम व्दीतिय भएको समितिका सहसचिव अमर बुढा मगरले जानकारी दिए ।

प्रतियोगितमा प्रथम व्दीतिय हुनेलाई नगद पुरस्कार सहित कप मेडल र प्रमाणपत्रका साथै फुलमाला र अविर लगाएर सम्मान गरिएको थियो ।

मेला आयोजक समितिका अध्यक्ष हरि बहादुर घर्तिमगरको अध्यक्षतामा भएको समापन कार्यक्रममा ढोरबराह बनबुकी जलाधार तथा मन्दिर संवद्र्धन संरक्षण समितिका अध्यक्ष चुना बहादुर घर्तिमगर, नेपाल पर्यटन बोर्ड प्रदेश नं. ४ का सदस्य वीर बहादुर विश्वकर्मा, ढोरपाटन नगरपालिका वडा नं. ८ का अध्यक्ष नन्दे सुनार, वडा नं. ९ का वडा सदस्य यमु कामी, स्थानिय समाजसेवी रामबहादुर रोका लगायतको सहभागित रहेको थियो ।

समापन कार्यक्रम क्लवका सहसचिव अमर बुढामगरले सञ्चालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *