जापानमा जयलाल बि .क.को परिवारलाई सहयोग अभियान,हालसम्म ५६ हजार यन संकलन

घनश्याम गौतम, गल्कोट २०७४ साउन २७ । निरन्तरको वर्षा पछि बागलुङको गल्कोट नगरपालिका वडा नम्बर ९ बडागाउँमा घरको गाह्रोले च्यापिएर दुई जनाको मृत्यु भएको खबरले स्तब्ध बनाएको बताउदै गल्कोटबाट कामको शिलशिलामा जापानमा कार्यरत रहेका नेपालीहरुले बिकको परिबारलाई सहयोग अभियान सञ्चालन गरेको मेघराज रिश्मेलीले बताएका छन् ।

गए राति करिब ११ बजेको समयमा घरको पछाडी पट्टिको गाह्रो भत्तिएपछि एकै परिवारका ७५ बर्षिय जयलाल बिक र उनका नाति १३ बर्षिय बिबेक बिकको घटनास्थलै मृत्यु भएको थियो । यस्तो बिपदको घडीमा हामीले मृतकलाई जीवन दिन त सक्दैनौं तर बाँचेकाको लागि त केहि सहयोग गर्न भने पक्कै सक्छौं भन्ने सोंची सम्पूर्ण दयालु मनहरूलाई सहयोगको याचना गरेको सहयोग अभियानका सदस्य मेघराज रिस्मेलीले बाताए । उनले बिपदले शोकमग्न परिबारको लागी सबैले सक्दो सहयोग गरी केहि राहत संकलनको अभियानमा सहभागी बन्न आग्रह गरेका छन् ।

जापान एकता समाजले सहयोगी सबैलाई धन्यबाद ज्ञान गर्दै बोलेको सहयोग रकम जापान नेपाली एकता समाजको जापान पोष्ट बैङकको खाता नं १४३४०८७७५८४४१ मा जम्मा गर्न अनुरोध गरेको छ । अहिले सम्म, बुद्धि कँडेलले ६ हजार १ सय, भिम के सी, यमलाल सापकोटा,बिवस सापकोटा (लेखनाथ) ले ५, ५ हजार येन, कमल काकीले तिन हजार एक सय, भक्त सापकोटा ३ हजार, गौरीश्वर सापकोटा, राजु के सी, शिबु थापा, कृष्ण सापकोटा, कमल के सी, गोम बुढाथोकी,बिर बहादुर पाईजा, बाबुराम सापकोटा, तुफान के सी ले २, २ हजार, डण्ड के सी २ हजार १ सय, मेघराज सापकोटा रिष्मेली, हेमलाल गौतम, मिलन शर्मा , शंकर सापकोटा, डिलु क्षेत्री चालिसे, तेजिन्द्र क्षेत्री, भुवन सापकोटा बसन्त,गोपाल सापकोटा, बुद्धि सापकोटा, तेजु के सी,मनि सापकोटा, जनक क्षेत्री,नरेश खत्री, कृष्ण गौतम रचित, यदुराम सापकोटा, दिलु खत्री, टिका के सी (दिपक), रामु गौतम, उमाकान्त सापकोटा, सुजन सापकोटा ले १, १ हजार र मन बहादुर सलामी १ हजार ५ जापानी येन संकलन भएको बताइएको छ । राहत रकम संकलन अभियान जारी रहेको बताउदै रिस्मेलीले अहिले सम्म करिब ५६ हजार ३ सय ५ जापानी येन संकलन भएको जानकारी दिए ।
तस्वीर- गुमानसिँह भण्डारी ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *