निसीखोला-४ मा आयोजना गरिने तीजी कार्यक्रमको उद्घाटन ढोनपा प्रमुखले गर्ने

बुर्तिवाङ २०७४ साउन २७ । जिल्लाको सुदूर पश्चिमका विभिन्न स्थानहरुमा स्थानीय युवा क्लबहरुले आसन्न तीजको अवसरमा विविध कार्यक्रमहरुको आयोजना गरी तीज पर्वलाई भव्यरुपमा मनाउने तयारी गरिहेका छन् ।

यसै सिलसिलामा निसीखोला गाउपालिका ४ साविक बोहोरागाउँ गाविसमा स्थानीय बृहस्पति युवा क्लबले तीजी कार्यक्रममा वीच आफनो तेश्रो वार्षिकोत्सव मनाउने भएको हो । क्लबको वार्षिकोत्सवको उद्घाटनका लागि ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली आउने कार्यक्रम रहेको आयोजकले बताएका छन् । गत दोश्रो वार्षिकोत्सवको उद्घाटनपनि नेपालीले नै गरेका थिए ।
कार्यक्रममा भलिबल खेल, तीजी गीत प्रतियोगिता, नृत्य लगायतका प्रतियोगिताहरुको आयोजना गरिने आयोजकले जानकारी दिएका छन् ।

फाईल तस्वीर ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *