स्वास्थ्य संवेदनशील क्षेत्र भएकोले स्वास्थ्यकर्मीले सहयोगी भुमिका निर्वाह गर्न आवश्यक: प्रमुख गैरे

नारायण रिजाल, गल्कोट बागलुङ, २०७४ साउन २७ । जिल्ला जनस्वास्थ्य कार्यालय, बागलुङले स्थानिय तहमा आफ्नो बार्षिक समिक्षा संचालन गरको छ । शुक्रबार देखी गलकोट नगरपालिका र ताराखोला गाउँपालिका अन्तर्गतका स्वास्थ्यमा भएको आर्थिक वर्ष ०७३/०७४ बार्षिक समिक्षा सुरु गरिएको हो ।

दुई दिवसीय नगरपालिका/गाउपालिका स्तरीय वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै गल्कोट नगरपालिकाका प्रमुख भरतप्रसाद शर्मा गैरेले स्वास्थ्य क्षेत्रको बिकासका लागि स्थानिय तहमा कसरी अगाडि बढन सकिन्छ योजनाका साथ लाग्ने प्रतिवद्धता जनाउदै यो क्षेत्र निकै संवेदनशील क्षेत्र भएको कारण सम्पुर्ण स्वास्थ्यकर्मीहरुले विशेष सहयोगी भुमिका निर्वाह गर्नका लागि आग्रह गरे ।

सो अवसरमा उपप्रमुख रेणुका काउचा मगरले गलकोट नगरपालिकामा म स्वस्थ्य र मेरो नगर स्वस्थ्य कार्यक्रमको सुरुवात गरिएकोममा प्रशन्नता व्यक्त गर्दै आम सर्वसाधारण सबैलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन आवश्यक रहेको बताईन् ।
समीक्षा कार्यक्रममा बोल्दै ताराखोला गाउँपालिकाका प्रमुख प्रकाश घर्तीले समग्र ताराखोला र गलकोट क्षेत्रको स्वास्थ्यको विकासका लागि पहिलो प्राथमिकताका साथ अगाडि बढने बताए ।

संघिय संरचना अनुसार जिल्लामा यस वर्ष स्वास्थ्य क्षेत्रमा भएको प्रगतिको बारेमा बार्षिक समिक्षा कार्यक्रम नगरपालिका र गाउपालिकास्तरीय नै गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालयका तथ्याङक सहायक घनश्याम सापकोटाले बताए ।

सो कार्यक्रममा गल्कोट प्राथमिक स्वास्थ्य केन्द्र संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुवेदार मेजर याम बहादुर खत्री, मेडिकल अधिकृत डाक्टर विनय क्षेत्री, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

समिक्षा कार्यक्रममा जिल्लामा भएको प्रगति र स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रमको बारेमा जिल्ला जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ सुपरभाईजर देवप्रकाश घिमिरे, हेल्थ असिष्टेन्ट चुडामणि कंडेल, र घनश्याम सापकोटाले जानकारी गराएका थिए ।
समिक्षा कार्यक्रममा गलकोट र ताराखोलाका १२ वटा स्वास्थ्य संस्था र जिल्लामा स्वास्थ्य क्षेत्रमा काम गर्ने मेडिक मोबाईल लगायत विभिन्न संघ संस्थाको सहभागिता रहेको छ ।

समिक्षाको उदघाटन सत्र गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको अध्यक्षता जिल्ला जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स हरिकाशि पालिखेको स्वागत र घनश्याम सापकोटाको संचालनमा सम्पन भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *