गल्कोट नगरपालिका- ९ बडागाउमा पहिराले घर भत्किदा नाती बाजेको मृत्यु


गुमानसिँह भण्डारी, गल्कोट २०७४ साउन २७ । गए राति पहिरो गएर घर पुरिदा एकै घरका नाती बाजेको मृत्यु भएको छ ।
गल्कोट नगरपालिका- ९ बडागाउमा हिँजो मध्य राति घर करेसा पट्टीबाट पहिरो खस्दा घर भित्र एउटै खाटमा सुतिरहेका बाजै ७५ वर्षिय जगबहादुर (जयलाल) बिक र निजको १३ वर्षिय नाती बिबेक विकको पुरिएर घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ ।

स्थानीय प्रदीप सुनारका अनुसार कक्षा ३ मा पढ्ने नाती विवेक छिमेकीको घरबाट टीभी हेरर रातिको ११ बजे तिर घरमा सुत्न आएका थिए, त्यस्को केहि समय पछी नै कर्सापरीबाट पहिरोले घरको गारो भत्काउदा बाजे नाती दुबैको मृत्यु भएको हो । घरमा बाजे नाती मात्र बस्दै आएका थिए ।

बिहान अबेरसम्म पनि नाति हजुरबुबा नउठेको देखेपछि आफन्तले हेर्न आउदा पुरीएको अवस्थामा देखेको र स्थानियलाई खबर गरेको सुनारले बताए ।

स्थानिय र प्रहरी प्रशासनको सहयोगमा दुवैको शब निकालि पोष्ट्मार्टमका लागी गलकोट प्राथमिक स्वासथ् केन्द्र हरिचौरमा लगिएको छ ।

यसैबिच गलकोट नगरपालिकाले मृतक परिवारका लागी तत्काल राहतरुवरुप रु ३० हजार प्रदान गर्ने बताएको छ । घटनास्थलको स्थलगत अवलोकन गरि गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले रु ३० हजार प्रदान गर्ने बताएका हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *