निसीखोला गाँउपालिकामा १ सय १५ पहिरो पीडितलाई राहत बितरण

छबिलाल पाण्डे, बुर्तिबाङ २०७४ साउन २६ । साउन २० गते पहिरोका कारण परिवार गुमाएका घरमा पुर्ण एवम आँसिक क्षेति भएका निसीखोला गाँउपालिका वडा नँ १ ,२ र ३ का १ सय १५ परिवारलाई बुधबार र बिहिबार राहत बितरण गरीएको छ ।
हिजो वडा नँ १ का ८० परिवारलाई र आज वडा नँ २ र ३ का पीडित परिवारलाई राहत हस्तान्तरण गरिएको हो । जिल्ला रेडक्रस सोसाईटि बगलुङ प्लान नेपाल, सिवाईसि साकोस र गाजा युवा क्लबद्धारा प्राप्त भएको राहत हस्तान्तरण गरीएको छ ।
गाँउपालिका प्रमुख तारानाथ पौडले, उपप्रमुख शोभा कार्की, वडा नँ १ का अध्यक्ष ईन्द्र बहादुर मल्ल, वडा नँ २ का अध्यक्ष कुविर बिक, बुर्तिबाङ रेडक्रस उपशाखाप्रमुख मेशलाल शर्मा, गाँउपालिका कार्यकारी अधिकृत सञ्जय अधिकारी लगाएतको
टोलीव्दारा राहत हस्तान्तरण गरिएको थियो ।

बुधबार वडा नँ १ मा एक मृतकको परिवार सहित घरमा पुर्ण र आँशिक क्षेति भएका ८० परिवारलाई राहत बितरण गरिएको हो । आज वडा नँ २ र ३ मा २५ परिवार र वडा नँ १ मा हिजो छुटेका १० परीवारलाई राहत हस्तान्तरण गरीएको
थियो । आज जनप्रतिनीधि व्दारा वडा नँ २ को बाहुन, गाँउ हुँदै हुल्दी ,लेबाङमा , हपे क्षेत्रमा पुगि पहिरोले पुर्याएको क्षेतिको अबलोकन गरिएको थियो ।

त्यस्तै सिवाईसि बचत तथा क्रण सहकारी सँस्थाका केन्द्रिय सञ्चालक सदस्य मेशलाल शर्माद्धारा साकोसको तर्फबाट वडा नँ १ र २ मा पहिरोका कारण ज्यान गुमाएका परीवारका सदस्यलाई प्रति मृतक २ हजारका दरले नगद १० हजार रुपैया राहत हस्तान्तरण गरेका हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *