गल्कोटको हरिचौर बजारमा आज जोगी नाँच प्रदर्शन (तस्वीर)

दिनेश खत्री, गल्कोट २०७४ साउन २६ । गल्कोट नगरपालिकाको साबिक हरिचौर गाविसको हरिाचौर बजारमा वर्षे जात्रा सुरु भएको छ । गत साउन २४ गते लाखे नाँच बाट सुरु भएको वर्षे जात्राको आज तेश्रो दिन साँझ ७ बजे देखी स्थानीय कलाकारहरुबाट जोगी नाँच (जात्रा) प्रदर्शन भैरहेको छ ।

वर्षे जात्राको दोश्रो दिन हिँजो हरिचौर बजारमा गाईजात्रा निकालिएको थियो भने भोलि घोँडे जात्रा निकालिने कार्यक्रम रहेको छ ।
ऐतिहासिक महत्व बोकेको गल्कोट हरिचौर बजारमा वर्षे जात्रा लाग्ने निकै पुरानो प्रचलन मानिन्छ । हरिचौर बजार र आसपासमा बसोवास गर्ने विभिन्न जात जातिका युवाहरुले वर्षे जात्रामा उत्साहपूर्वक भाग लिएर साँस्कृतिक परम्परालाई जगेर्ना गरिरहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *