अहिलेको पुँजीवादी संसदीय व्यवस्थाले आम शोषित पीडित वर्गको हित हुन सक्दैन-भट्टराइ

सुमन सुनार, बुर्तिवाङ २०७४ साउन २६ । राष्ट्रिय जनमोर्चाले अक्टोबर क्रान्तिको शतबार्षिकी कार्यक्रम अन्तरगत आज निसीखोला गाउँपालिकाको बोहोरागाउँकोमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

विश्वको ऐतिहासिक रुसी अक्टोबर क्रान्तिको सय वर्ष प्रवेश गरेको अवसरमा राष्ट्रिय जनमोर्चाले सतवार्षिकी कार्यक्रम सञ्चालन गरिरहेको छ । राष्ट्रिय जनमोर्चा निसीखोला गाउँपालिकाका इृञ्चार्ज खीम विक्रम शाहीको अध्यक्षता तथा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सचिव भागिरथ भट्टराइको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा त्यस गाउँपालिका अन्तरगतका ९० जना भन्दा बढी कार्यकर्ता उपस्थित रहेको थियो ।

भेलाले गाउँपालिका स्तरका सबै वडामा भेला गर्ने कार्यक्रम तय गरेको छ । जस अनुसार वडा नंं १ मा भाद्र १ गते, वडा नं. २ मा श्रावण ३२ गते, वडा नंं ३ मा श्रावण २८ गते, वडा नं. ४ मा श्रावण २७ गते, वडा नं. ५ मा भाद्र १० गते, वडा नंं ६ मा श्रावण ३० गते, वडा नंं ७ मा भदौ २ गते भेलाको आयोजना गरिने गरि प्रत्येक वडामा संयोजक समेत तोकिएको छ ।

भेलाका अवसरमा बोल्दै प्रमुख अतिथि भट्टराइले अहिलेको पुँजीवादी संसदीय व्यवस्थाले आम शोषित पीडित वर्गको हित गर्न नसक्ने भएकाले नेपालमा पनि जनवादी र समाजबादी क्रान्तिको आवश्यकता रहेको बताएका छन् । देशमा अहिले ठूला र क्रान्तिकारी भनिने कम्युनिष्ट पार्टीहरु पनि पुँजीवादी दलदल र सत्ता स्वार्थमा विलिन भएको आरोप लगाउँदै उनले अक्टोबर क्रान्तिको महत्व र औचित्यलाई आत्मसाथ गरि समाजवादी क्रान्तिलाई सशक्त बनाउनु पर्ने वर्तमान आवश्यता रहेको धारण व्यक्त गरेका थिए ।
राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार रामबहादुर चन्दको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन मिलन हमालले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *