ढोरपाटन नगरपालिकाले निर्धारण गरेको करको दायरा प्रति सात दलको संसोधन खाका

तत्काल कार्यान्वयका लागि प्रक्रिया अगाडि बढाउन भन्दै कार्यकारी अधिकृतलाई ज्ञापन पत्र

राम सुवेदी, बुर्तिबाङ २०७४ साउन २६ । ढोरपाटन नगरपालिकाले निर्धारण गरेको स्थानीय कर व्यवहारिक र बैज्ञानिक नभएको भन्दै स्थानीय सात राजनैतिक दलहरुले यस अघि पनि एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि आपत्ति प्रकट गरेका थिए ।

नगरपालिकाको आर्थिक वर्ष ०७४ र ७५ का लागि विनियोजित बजेटसंगै आन्तरिक राजश्व संकलनका लागि नीतिगत रुपमा विभिन्न शीर्षकमा कर लगाउने निर्णय भएको छ । नगर कार्यपालिकाले निर्धारण गरेको करका दायरा जनताले तिर्न नसक्ने गरि ल्याइएको भन्दै दलहरुले नगर प्रमुख देवकुमार नेपालीलाई ज्ञापन पत्र बुझाएको करिब दुई सातापछि करको दायरा संशोधन सहितको खाका नगरपालिकामा बुझाएका छन् ।

नगरपालिकामा नगर प्रमुख तथा उपप्रमुख नै नभएको अवस्थामा दलहरुले उक्त खाका सहितको ध्यानाकर्षण पत्र नगर कार्याकारी प्रमुख राम प्रसाद आचार्यलाई बुझाएका हुन । यस अघि नगरपालिकाले लगाएको करको दायरा केही कम गराएर उनीहरुले कार्यापालिकाको बैठकले त्त्काल संशोधन गरि कार्यान्वयनमा लैजान आग्रह गरेका छन् । ध्यानाकर्षण पत्र बुझाउनु अघि नेकपा क्रान्तिकारी माओवादीका प्रतिनिधि निलबहादुर पुनले उक्त ध्यानाकर्षण पत्र बाचन गरेर सुनाएका थिए । जनताको माग, सुझाव र आवश्यकतालाई ध्यानमा राख्दै आफूहरुले उक्त ध्यानाकर्षण पत्र विकल्प सहित बुझाएको उनले बताए ।

ध्यानाकर्षण पत्र बmुभाउन नेपाली काँग्रेसका नगर सभापति शालिग्राम शर्मा, माओवादी केन्द्रका नगर अध्यक्ष चन्द्रलाल अर्याल, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य गौरीश्वर पाण्डे, नेकपा क्रान्तिकारी माओवादीका बागलुङ, म्याग्दी ईञ्चार्ज निलबहादुर पुन, नेपाल कम्युनिष्ट पार्टीका हरिबहादुर कुवँर, राप्रापाका निमबहादुर भण्डारी र नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष टेकबहादुर कुवँर नगरपालिका कार्यालयमा पुगेका थिए ।

नेताहरुले तत्काल उक्त निर्णयलाई सच्याएर जनतालाई सहज हुने गरि करको दायरा निर्धारण गर्न शसक्त आन्दोलनको बाहेक अरु विकल्प नभएको समेत जनाएका छन् ।

ढोरपाटन नगरपालिकाको आर्थिक वर्ष ०७४/०७५को वजेट तथा निति कार्यक्रमबाट व्यवसायीक करतर्फ वार्षिक न्यूनतम १२ सय देखि अधिकतम ८ हजारसम्म करको दायरा तोकिएको छ । घरधुरी कर तर्फ वार्षिक न्यूनतम ३ सयदेखि ३ हजारसम्म निर्धारण गरिएको छ । यस्तै ५ प्रतिशतका दरले घरबहाल कर, एकीकृत सम्पत्ति कर, भूमीकर जडिबुटी, कवाडी तथा जीवजन्तु कर, सवारी साधन कर, विज्ञापन कर, मनोरञ्जन कर, बहाल बिरौटी शुल्क, पार्किङ शुल्क, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क लगायतका १५ प्रकारका करका दायरा निर्धारण गरेको छ । त्यससँगै फोहोर व्यवस्थापन शुल्क समेत न्यूनतम २ सयदेखि १ हजारसम्म प्रतिमहिना प्रति घरधुरी तोकिएको छ ।

यता दलहरुले घरधुरी कर न्यूनतम ५० देखि अधिकतम १ हजार ५ सयसम्म हुनु पर्ने आफ्नो खाकामा उल्लेख गरेका छन् । व्यवसायीक कर न्यूनतम १ हजारदेखि अधिकतम ६ हजारसम्म तोकेका छन् । हरेक शीर्षकमा उनीहरुले केही रकम घटाएर खाका तयार पारि नगरपालिकामा बुझाएका छन् ।

यस्तै उनीहरुले करको दायरा निर्धाणका लागि पक्की घरको कर निर्धाणमा फूटका आधारमा निर्धारण गर्न, दोहोरो कर प्रणली खारेज गर्न, सहकारीलाई कर नलगाउन, बसपार्कमा पार्किङ वापत अतिरिक्त २० रुपैयाँ करतोकिएकोमा त्यसलाई बढाउन बसपार्कको जग्गा व्यवस्थापन गर्न, फोहोर संकलन र व्यवस्थापन बैज्ञानिक बनाउन, मतदाता नामावली जनताको पहँचसम्म पु¥याउन, वजेट विनियोजनलाई समेत व्यवहारिक कार्यान्वयन गर्न र कार्यान्वयमा सर्वपक्षिय सर्वदलिय तथा प्राविधिक सहितको अनुगमन टोली बनाउन सुझाव समेत पेश गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *