बुर्तिबाङ नयाँ शहरी आयोजनाको चालु आबका लागि यस्ता छन् ११ करोडका योजना !

राम सुवेदी, बुर्तिबाङ २०७४ साउन २६ । नयाँ शहरी आयोजना बुर्तिबाङले यस आर्थिक वर्षका लागि कुल ११ करोड १५ लाखको योजना तथा कार्यक्रम ल्याएको छ । यस आर्थिक वर्षमा १५ वटा योजना अघि सारेको नयाँ शहरी आयोजनाले ११ वटा योजना अघिल्लै वर्षको क्रमागत तथा ४ वटा योजना नयाँ ल्याएको आयोजना प्रमुख प्रविण कुमार अधिकारीले बताए ।

कतिपय योजनाहरु अघिल्लो वर्षमा पनि टेन्डर भै काम नभएका परेका छन भने कति यस वर्ष नयाँ टेन्डर भई काम हुनेमा छन् । बहुवर्षिय गुरुयोजना अनुसार निसीभुजी जनता क्याम्पस सम्मको सडक तथा ढल निर्माणका लागि ८० लाख, बुर्तिबाङ पुरानो बजार हुँदै मिलनचोक वसपार्क सम्मको सडक स्तरउन्नतिमा ७५ लाख, मध्येपहाडि लोकमार्ग अन्तरगतको खप्तरीबाङ हुँदै निसीभुजि जनता क्याम्पससम्मको सडक स्तरउन्नतिमा २० लाख, बुर्तिबाङ सोरबोट हुँदै भब्रेटा सम्मको सडक स्तरउन्नतिमा १ करोड, बुर्तिबाङ बरपिपल हुँदै नयाँ वस्तिसम्मको ढल निकासमा १ करोड वजेटको योजना रहेको छ ।

यस्तै नयाँ शहर भित्रको सरकारी जग्गा संरक्षण तथा छुट्टयाउनका लागि २ करोड २० लाख, जग्गा विकास ब्लक प्लान स्वीकृत तथा सीमांकन गरि बाटो खेल्न ५० लाख, बुर्तिबाङ उपल्लो बजार हुँदै बस पार्क सम्मको सडक स्तरोन्नतिका लागि १ करोड बर पिपलदेखि भब्रेटा सम्मको सिडि निर्माणका लागि ५० लाख बुर्तिबाङ बजारमा सौर्य सडक बत्तिमा ५० लाख, सडक निर्माण तथा स्तरउन्न्ति तर्फ नै बुर्तिबाङ बजार देखि बोंगादोभान, बतासे डाँडादेखि चौडेल्ना, बुर्तिबाङ देखि रिनामका लागि ५० लाख विनियोजन गरिएको छ । यी सबै क्रमागत वजेट अनुसारका कार्यक्रमहरु हुन ।

नयाँ वजेट अनुसार एकीकृत बस्ती विकासका लागि सम्भाव्य स्थलहरुमा पूर्वाधार निर्माण, विसुन्धारा हुँदै कुत्थाप्लासम्मको सडक र मध्येपहाडी लोकमार्गको जिरो किमिदेखि देवचोक तथा रिभरहेड शाखा सडकका लागि ५० लाख, रोड ईन्भेन्टरी अन्तरगतका सडक स्तरउन्नतिमा ५० लाख, डिपिआर प्लानका लागि ५० लाख र एकीकृत शहरी सेवा केन्द्र निर्माणका लागि ५० लाखको योजना बनाइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *