रेडियो गल्कोटले भदौ ६ गते बृहत् तीज विशेष कार्यक्रमको आयोजना गर्ने

गुमानसिँह भण्डारी, गल्कोट २०७४ साउन २६ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर सामुदायिक रेडियो गलकोटले तीज बिशेष कार्यक्रम गर्ने भएको छ । गलकोट सुचना तथा सञ्चार सहकारी सस्था लिमिटेडबाट सञ्चालित रेडियोले समाजलाइ सही दिशा निर्देश गर्दै प्रतिभालाई उचित स्थान दिने र सास्कृतिक जगेर्नालाइ टेवा पुरयाउने उद्देश्य सहित यहि भदौ ६ गते वृहत तीजी बिशेष कार्यक्रम गर्ने निर्णय गरेको हो ।

आधा आकाश आधा धरती शिक्षित नारी देशको बिकास भन्ने मुख्य नारा सहित रेडियोले कार्यक्रमको तयारीलाई अन्तिम चरणमा पु¥याएको छ ।

सुचना तथा सञ्चार क्षेत्रको माध्यमबाट गलकोट क्षेत्रलाई बिकासको गतिमा अगाडि बढाउने उद्देश्य सहित स्थापित रेडियोले यस बर्ष तीज विशेष कार्यक्रम आयोजना गरिएको रेडियोका स्टेशन प्रमुख घनश्याम गौतमले जानकारी दिए ।

खुल्ला तीजगीत तथा नृत्य प्रतियोगितामा प्रथम पुरस्कार १३ हजार ३ सय ३३, व्दीतिय पुरस्कार ११ हजार १ सय ११, तृतिय पुरस्कार ९ हजार ९ सय ९९, र सान्तव्ना पुरस्कार दुई समुहलाई २ हजार २ सय २२ दरले दिईने गलकोट सुचना तथा सञ्चार सहकारी सस्थाका प्रबन्धक ईश्वर सुवेदीले बताए ।

सो अवसरमा उत्कृष्ट गायन र नृत्य प्रस्तुत गर्नेलाई १ हजार १ सय ११ प्रदान गरिने सुवेदीको भनाई थियो । उत्कृष्ट बिज्ञापनदाता तथा नियमित श्रोतालाई पुरस्कृत गरिने रेडियोले जनाएको छ । कार्यक्रम सफल पार्नका लागी प्रचार प्रसार गर्ने, प्रायोजक खोज्ने लगायतका कार्यलाई तीब्र पारिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *