जनशक्तिको अभाव र पुराना ल्यापटपका कारण मतदाता नामावली संकलनमा समस्या

गुमानसिँह भण्डारी, गल्कोट २०७४ साउन २६ । गलकोटमा फोटोसहितको मतदाता नामावली संकलन कार्यमा समस्या भएको छ । साउन १६ गतेबाट सुरु भएको फोटोसहितको मतदाता नामावली संकलनमा जनशक्ति अभाव हुनका साथै पुरानै उपकरणबाट काम गर्नु पर्ने भएको हुँदा समस्या भएको हो ।

जिल्ला निर्वाचन कार्यालय बागलुङका जिल्ला निर्वाचन अधिकारी बिकास चन्द्र शर्माका अनुसार नगर भरीका छुटेका मतदाताहरुले एकै ठाउँमा मात्र नामवली दर्ता गराउने काम भएको हुँदा मतदाता नामवली संकलनमा समस्या भएको बताए । शर्माका अनुसार, जिल्ला भरिका सम्पुर्ण ठाउमा ‘पुरानै ल्यापटपले काम गर्नु परेको हुँदा नामावली दर्ता गराउन आएका सबै मतदाताहरुको नाम दर्ता गर्न तथा फोटो खिाचाउन समेत समस्या भएको छ । तत्कालै कर्मचारी थप गर्न सकिने अवस्था नभएको पनि उनले बताए ।

गलकोट नगरपालिकामा १ जना कर्मचारी मात्र हुदाँ फोटोसहितको मतदाता नामावली संकलनमा समस्या भएको निर्वाचन कार्यालय गलकोटले जनाएको छ । दैनिक करिब २।३ सय मानिसहरु मतदाता नामवली संकलनमा लागी आउने गरे पनि दिनभरमा करिब १ सय भन्दा बढीको काम गर्न नसकिएको बताईएको छ ।

स्थानीय तहको निर्वाचनमा छुटेका मतदाताको साउन १६ गतेदेखि नै मतदाता नामावली अध्यावधी गराउने काम भइरहेको छ । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार नेपाली नागरिकता प्राप्त गरेको सबै नागरिकले फोटोसहितको मतदाता नामावलीका नाम दर्ता गराउनु पाउनका साथै फोटो खिचाउन पाउछन् । १८ वर्ष पुगेपछि मताधिकार प्रयोग गर्न पाउने भएको हुँदा निर्वाचन आयोग र सरकारले निर्वाचनको मिति घोषणा गर्दा समयवधी निर्धारण गर्ने गर्दछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *