मृगौला पीडित छोरा जितेन्द्र सुनारको जीवन रक्षाका लागि बाबुको अपील

बागलुङ २०७४ साउन २६ । बागलुङ नगरपालिका १४ नारायणस्थानका ६३ बर्षिय धन बहादुर सुनार र ६० वर्षिया हरिकला सुनारका कान्छा छोरा २६ वर्षिय जितेन्द्र सुनार दुबै मृगौलाले काम गर्न छोडेपछी उनको वीर अस्पतालमा उपचार भैरहेको छ । उनलाई जतिसक्यो छिटो मृगौला प्रत्यारोपण गर्न अस्पतालले सल्लाह दिएको छ ।

जितेन्द्रको उपचारमा हालसम्म ८ लाख रुपयाँ भन्दा बढी खर्च भैसकेको परिवारले बताएका छन् ।

गाउँ घरमा खेतीपाती गरी यनकेन प्रकारेण गुजारा चलाउदै आएका जितेन्द्रका परिवारलाई उनको उपचार गर्न ठुलो आर्थिक संकट परेको छ । छोराको मृगौला प्रत्यारोपण गर्न चाहिने रकमको अभावले छट्पटाई रहेका बाबु आमा र परिवार जितेन्द्रको जीवन रक्षार्थ सवैसंग हार्दिक अपील गर्दै सक्दो आर्थिक सहयोग गर्न करवद्ध प्रार्थना गरेका छन् ।

सहयोगका लागि
Globle IME Bank
Kushma
Account Name – Narayansthan Social Service Foundation
Account No – 6601010000170

Balewa Ekata Saving And Credit Cooperative Society Ltd
Narayansthan
Account Name – Jitendra Bachau Abhiyan
Account No – 1100394GS

Mobile – 9857621789, 9857620966, 9857622789, 9857628789

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *