प्रवास : जापान नेपाली एकता समाजले टोकियो र ओसाकामा तीज कार्यक्रम गर्ने

मेघराज सापकोटा रिष्मेली, जापान २०७४ साउन २६ । जापान नेपाली एकता समाजका क्षेत्रीय समितिहरू टोकियो र ओसाकाले आगामी अगस्त २३ र २४ मा क्रमश टोकियो र ओसाकामा नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा तीजी कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रमका आकर्षक ब्यक्तित्वहरूमा रक्तिम साँस्कृतिक अभियानकी निलिमा पुन ,सर्वाधिक चर्चित गायिका मन्जु पौडेल र गायक तेजस रेग्मी रहेका छन् । यसका साथै जापानमा रहेका स्थानिय कलाकारहरू र नौमती बाजा समुहको समेत बेजोड प्रतुती रहने छ ।
नेपाली एकता समाजले बिभिन्न क्षेत्रमा कुनै न कुनै प्रकारको सहयोगी भूमिका खेल्दै आईरहेको छ । यसै सन्दर्भमा यसपाली जापानमा भैपरि आउने समस्यामा केहि हद सम्म मलम लगाउने हेतुले ूआपतकालिन राहत कोषू स्थापना गर्ने जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *