अलमलिएको बाटो

— राम सुवेदी

सैद्धान्तिक दर्शन र ज्ञान धेरैले अध्ययन गरे, ग्रयाज्युएट पनि भए होलान । तर व्यवहारिक दर्शन र ज्ञान शीप पढाउने र व्यवहार परिवर्तन गर्ने क्षमता हामीलाई कसैले सिकाएन । नसिकेको ज्ञानले हामी खुब गफाडी भयौँ । हाम्रा नेता गफाडी भए, राजनीति गफाडीयो, त्यसका कार्यकर्ता गफमै रमायौं, अव जान्ने भएर लाटा साझोलाई गफ नै दिएर भोट माग्यौं । गफैले जितेका गफाडीहरुले अव पनि गफ बाहेक के उन्नति गरौंला र बास्तविक चिन्ता यहाँ हो । समाज विकासका कुरा दार्शनिकले कुनै जमानामा भनेका कथनहरु हामी बेस्सरी घोक्यौं, उत्तरपुस्तिकामा लेख्यौं । राज्यले दिने उच्च स्तरको सर्टिफिकेट पनि प्राप्त ग¥यौँ । यति ठूलो विघ्न उन्नति गर्दा ठूलै करसरत र लगानी गरेका बाबा आमाको स्याबासी बाहेक हामीले के प्राप्त ग¥याँै ? आज हामीलाई थाहा छ यस्तै गनगनले जिन्दगी सजाएर खुब राष्ट्रवादी नागरिक बन्नु हाम्रो दुर्दशापूर्ण अवस्था भोग गर्ने हाम्रो अलमलिएको बाटो हो ।

हामीले कताकति विज्ञानका कुरा सुन्यौं, कतै कतै प्रविधिका सामान्य भन्दा सामान्य ज्ञान हासिल गर्दा आफै वैज्ञानिक भयौं कि जस्तो अनुभूति समेत गर्न भ्यायौं । तर हाम्रो सर्टिफिकेट कति बैज्ञानिक र प्राविधिक पहुँचका छन एक पटक हेर्ने मौका समेत हामीलाई मिलेको छैन । एक्काइसौं सताव्दीका हामी नागरिकले उच्च स्तरको शिक्षा हासिल गर्दा सामाजिक र व्यवहारिक ज्ञान कति हासिल ग¥यौं ? यहाँ प्रश्नले मात्र हामीलाई निखार्दैन । उत्तरले भोगिएका हामीहरु आफै चेतमा भएकै हुनुपर्छ । सचेत भएर पनि अचेत बन्न खोज्नु हामी अलमलिएको बाटो हो ।

देशको रजानीतिमा ठूलै शक्ति काँग्रेस विपिको समाजवाद मान्छ । समाजवादको अनुयायी खै आजकल कहाँ हिंडछ ? नेपाललाई कसरी एउटा सशक्त राष्ट्र बनाउने, नेपालीका अनुहारमा कसरी मुस्कान छर्ने भन्ने चिन्तनलाई व्यवहारिकतामा अनुवाद गर्ने काममा आजीवन निरन्तर लाग्नु भएका विपिले नेपाली राजनीतिका बारेमा मनग्गे कुरा छाडेर जानु भएको छ । यो काँग्रेसजनहरुले घोक्ने शब्दावली हो ।

राजनीतिले देश र त्यो देशको नागरिक बनाउँछ भन्ने तर्क हामी राजनीतिशास्त्रमा पढ्यौ । राजनीति शास्त्र पढेर नसकेकाहरु आज राजनीतिमा छन भने राजनीतिशास्त्र पढेर सकेकाहरु अर्काको मुलुक सिगार्दै छन् । यहाँ प्रष्ट छ हामीले कति बैज्ञानिक र व्यवहारिक शिक्षा प्राप्त ग-यौं वा कति विज्ञ बन्यौं ।

देशको रजानीतिमा ठूलै शक्ति काँग्रेस विपिको समाजवाद मान्छ । समाजवादको अनुयायी खै आजकल कहाँ हिंडछ ? नेपाललाई कसरी एउटा सशक्त राष्ट्र बनाउने, नेपालीका अनुहारमा कसरी मुस्कान छर्ने भन्ने चिन्तनलाई व्यवहारिकतामा अनुवाद गर्ने काममा आजीवन निरन्तर लाग्नु भएका विपिले नेपाली राजनीतिका बारेमा मनग्गे कुरा छाडेर जानु भएको छ । यो काँग्रेसजनहरुले घोक्ने शब्दावली हो । विपिको समाजवादमा सिधा कुरा छ, ‘सबैभन्दा गरीबलाई मध्यम वर्गीय बनाउने पछाडी परेको वा पारिएको वर्ग, त्यसलाई बीचसम्म ल्याउने ।’ काँग्रेस भित्रै अर्को बहश छ, अहिलेको खुला अर्थतन्त्रमा समाजवादको कुरै आउँदैन । यी सब उसले समाजलाई कसरी कमाइखाने भाँडो बनाउने भन्ने सिधा तर्कको घुमाउरो दर्शन हो ।

काँग्रेसप्रतिको कुनै सम्बन्ध टाढा बनाउन मैले यो शब्द प्रयोग गरेको होईन । यो उसको व्यहारले मलाई पढाएको विषय हो । वर्षौंसम्म देशको बागडोर चलाएको पार्टिले अब पनि चुनावी घोषणापत्रमा लेखेको शब्द ‘एकघर एक रोजगार’ नेपालमा कि खाडीमा ? उ आफै प्रति उत्पन्न गाइजात्रे पात्रको हिमायति को हो ? धेरै न बोलौं ।

उता नेपालका कम्युनिष्टहरु, माक्र्सवादी दर्शन पढेर थाकेका बेइमानी पात्र हुन् भन्छु म । गरिखाने बर्गको राजनीति भनियो । साम्यवादसम्म पुग्दा व्यक्तिवाद होइन सामाजिक जीवन यापनको खुब सुगा रटान गरियो । राज्य सत्ता मागेर होईन लडेर ल्याईने र गरिबको राज्य सत्ता बन्दुकको नालबाट जन्मने उग्रानाराले अहिलेका झापाकाण्ड देखि बाह्रवर्षे जनयुद्धको बाटो हुँदै सिंहदरबार थेचारिएका कम्युनिष्ट नेताका चालाले देखायो । उनीहरु कुन वर्गका हुन । नारा न्यून बर्गका थिए तर व्यवहारतः उनीहरु सामान्त वर्गकै पक्षधरहरु पक्का देखिएर आए । यिनका आचरणका सवालमा मैले जे देखे त्यो गलत होला तर बर्गका नारा घन्काउँदै हिजो यिनलाई साथदिनेहरुको भित्री हृदयले भनिसक्यो । नेपालका कम्युनिष्टहरु माक्र्संवाद पढेका बेइमानहरु हुन । दर्शन र शिद्धान्तको धज्जी उडाएर सिंहदरबार छिरेका कलंकहरु हुन । यी उनको वर्तमान व्यवहारले नेपाली जनता धेरै बोल्नु र उनका बारेमा ब्याख्या विश्लेषण गर्नु उचित मान्दैनन होला ।

उता नेपालका कम्युनिष्टहरु, माक्र्सवादी दर्शन पढेर थाकेका बेइमानी पात्र हुन् भन्छु म । गरिखाने बर्गको राजनीति भनियो । साम्यवादसम्म पुग्दा व्यक्तिवाद होइन सामाजिक जीवन यापनको खुब सुगा रटान गरियो । राज्य सत्ता मागेर होईन लडेर ल्याईने र गरिबको राज्य सत्ता बन्दुकको नालबाट जन्मने उग्रानाराले अहिलेका झापाकाण्ड देखि बाह्रवर्षे जनयुद्धको बाटो हुँदै सिंहदरबार थेचारिएका कम्युनिष्ट नेताका चालाले देखायो ।

हामी प्रजातन्त्रका कुरा गरौं वा लोकतन्त्रको, भोग्दै आएको वर्तमान गणतन्त्रात्मक व्यवस्था भनौ वा सपनामा रहेको विपिको समाजवाद वा कम्युनिष्टहरुको साम्यवाद । जस्ले जे भने पनि व्यक्तिको व्यक्तिगत आचरण, सदाचार जीवन शैली र जनताको दुःखमा साथ दिने राजनीति मेटिएको अहिलेको अवस्थामा विलासीपूर्ण शैली र लुटतन्त्रको हिमायतिहरुबाट देश विकासको आसा भरोसा राख्नु, बालुवामा पानी खन्याउनु नै हो ।

अझ दुख:दायी पक्ष आफ्नो रगत, पसिना र कर्मले अर्काको मुलुक सजाउने, आफ्नो मुलुकको यो हाल बनाएर फस्ट पार्टी, सेकेन्ड पार्टी र थर्ड पार्टी भएका दलका समर्थनमा उतैबाट उम्लिएर जित्यौं भन्ने साथीहरु, पहिला आफ्नो फेस क्लिन गर्नुस् । रोजीरोटी नपाएर, आमाको च्यातिएको फरिया फेर्न नसकेर, बाउको टुप्पी देखिने टोपी साटन नसकेर, आफ्नी अर्धाङ्गिनीको लाज लुकाउने उपाय नभएर, बच्चाको स्कुल फि तिर्ने हिम्मत नभएपछि अनगिन्ती भविष्य बोकेर त्यो खाडीमा रोजगारका लागि तपाई पुग्नु भएको हो कि होईन ? वास्तविक पीडालाई जीवनदेखि अलग राखेर जे भट्टयाइ राख्नुभएको छ नि, हरेक जीवनलाई याद गर्नुस् त्यहाँको सकस नविर्सनुस् । यहाँ कस्ले कति जिते हारे भन्नै भन्दा पनि तपाइहरु जस्ता नेपाली युवाहरु आफ्नो देश छाडेर अर्काको दलान अझै कति दिन लिपपोत गर्ने हो ? तपाइहरुको पसिनाले साटिएको रेमिटमा तलवखाने नेताहरुले जिउँदै बेचेको पत्तो नपाएका हजुरहरु अझै कतिदिन फुर्सदको सामाजिक सञ्जालमा उनैलाई जिन्दावाद भनेर आफूले आफैलाई गिज्ज्याइ रहने हो ? अव चिन्ता तपाइको विचार रहेको पार्टी झण्डाको होईन राष्ट्रको गरौं । पहिलो म को हुँ आफूले आफैलाई चिनौं । यो हिम्मत को परिक्षण अव हुँदैछ । अंकले देश जितेका दलहरु अंशले राष्ट्र जित्छन कि जित्दैनन । धेरै कुर्नु पर्ने छैन ।

हामी पनि जिम्मेवार नागरिक बन्नु छ र जवाफदेही नेतृत्ववर्ग मिले मात्र शान्त र समृद्ध नेपाल बन्छ । विचार तथा धारणाहरू भिन्न हुन सक्दछन् तर यदि कार्यान्वयन गर्ने तरिका विवेकशील हुने हो भने जुनसुकै बाटोबाट अगाडी बढे पनि शान्त र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ । हामीले चाहेको नेतृत्व असल हुन्छ भने देशमा भ्रष्टाचार हुँदैन, हाम्रो नेतृत्वसँग युवा जोशका साथै दूरदर्शीता आवश्यक पर्दछ । अर्को तर्फ हामी साम्यवाद, पुँजीवाद, समाजवाद शब्दका जस्ता वाद वा हातबाट संचालित सत्तालिप्त हिंस्रक भीड होइनौ ! हामी परिवर्तनको नाउँमा जनसमर्थनको दुरुपयोग गर्ने भ्रष्ट समूह पनि होइनौं ! हामी कुनै एकल सिद्धान्त, दर्शन, वा विचारधारा मात्रैले परिवर्तन र समृद्धि प्राप्त हुने भ्रममा विश्वास गर्दैनौ ! न त हामी सहमतिहरुका खोक्रा दस्ताबेजले मात्रै राष्ट्रिय समस्याको निकास दिन्छ भन्ने कुरामा विश्वास गर्छौं । हामी त्यो विनाशकारी शक्ति होइनौं जो देश र जनतालाई ढुंगे युगमा लैजाने कुचेस्टा गर्छन् ! हामी राष्ट्रघाती पनि होइनौ जो आफ्नो राष्ट्रिय स्वाभिमान लिलाम गर्न पनि पछि पर्दैनन् ! तवमात्र राष्ट्रले वर्तमान विसंगतिको विरासतबाट उन्मुक्ति पाउने छ । आफ्नो देश र देशबासीको उन्नत भविष्यको निर्माण गर्न तत्पर सामाजिक नागरिक हामी आफै नबन्दासम्म स्वय हामी र हामी जस्ता उच्च अनुशासन, मनोबल, क्षमता, नैतिकता, दूरदृष्टि र चुस्त सोंच र चिन्तन भएकाहरुको भविश्य आफै बरवाद पार्दै जाने छौं ।

रोजीरोटी नपाएर, आमाको च्यातिएको फरिया फेर्न नसकेर, बाउको टुप्पी देखिने टोपी साटन नसकेर, आफ्नी अर्धाङ्गिनीको लाज लुकाउने उपाय नभएर, बच्चाको स्कुल फि तिर्ने हिम्मत नभएपछि अनगिन्ती भविष्य बोकेर त्यो खाडीमा रोजगारका लागि तपाई पुग्नु भएको हो कि होईन ? वास्तविक पीडालाई जीवनदेखि अलग राखेर जे भट्टयाइ राख्नुभएको छ नि, हरेक जीवनलाई याद गर्नुस् त्यहाँको सकस नविर्सनुस् ।

राजनीतिले अरुको अधिकारको सम्मान गर्न सक्नु पर्दछ । राजनीतिलाई सुधार्ने हरेक नागरिकको जिम्मेवारी हो। तर विडम्बना विग्रेको राजनीतिलाई अंगिकार गरेर भष्ट्रहरुकै पछि जयजयकार गरेर आफूलाई सदाचार नागकिको हिमायति हामी आफू कसरी भयौं । सोच्यौं कहिले ? आमी आफ्ना कर्तव्य र दायित्वलाई औपचारिक रुपमा कुनै पदसँग जोडिएर वा अनौपचारिक रुपमा पारिवारिक, सामाजिक र व्यक्तिगत क्रियाकलापहरुसँग जोडने गरेका छौं । यदि बहुसंख्यक नागरिक गैरजिम्मेवार हुने हो भने त्यसको निदानको लागि राष्ट्रले गर्नुपर्ने कानुनी उपचार निम्ति जनताकै लागि उपयोगमा आउने स्रोतहरुको अनावश्यक रुपमा खर्च हुने तथा कुसंस्कारहरुले जरो गाड्ने तथ्य बुझ्नु आवश्यक छ । वर्तमान अवस्थाबाट हामी विसंगतिको हली त बनौंला तर समुन्नत समाज र उन्नति प्रगतिका माली बन्न सक्दैनौं ।

अव जान्नु पर्छ कि, कुनै पनि समाज तबमात्र स्वतन्त्र र निष्पक्ष हुन्छ जब त्यो समाज सशक्त हुन्छ । हाम्रो राजनीति र सामाजिक विवेक नैतिकवान अनुशासन एवं मूलुकको विकास गर्ने क्षमतामा अग्रसर र क्रियाशील हुनुपर्दछ ।

अन्तमा: स्वयं समाजलाई आफ्नो हितका लागि विगार्ने अनी समाज विग्रियो भनेर भाषण गर्नेहरुका कुरा सुनेर अवका नेपालीले समयको बर्बादी नगरौं । वर्तमान राजनीतिमा देखिएका फोहोर बढार्न त्यहाँ भएका समर्थकहरु सक्छौं लागौं सक्दैनौं विसंगतिलाई पर्दा ओढाएर रमिते भीड नबनौं । देश यहाँ बाँचेकाहरुको हो । मार्ने र मर्नेहरुको मात्र होईन जो आजको राजनीतिमा जिउँदो जाग्दो संस्कार छ । देशका युवालाई जिउँदै बेचेर आफ्नो मुलुकमा उनको रगत पसिनाबाट मोज गर्नेहरु, एक पटक तिमीहरु पनि खाडीमा पुगेर २ वर्ष नोकरको जिन्दगी भोगेर नआएसम्म यो देशले कहिल्यै कोल्टो फेर्दैन । चिन्ता यही नेर हो ।

मैले सामाजिक सञ्जालहरुमा देख्ने गरेको छु । कुरा देश बनाउनेको हुन्छ संगत देश डुवाउनेसँग हुन्छ । भन्नुस अव यस्ता जातहरुसँग टाँसिएर कहिले हाम्रा सन्तानले ठाडो शीर बनाउला ? बेइमानहरुसँगको साँठगाँठ हाम्रो इमान होला ? विसंगति भित्रयाउनेहरुको भन्दा पनि पाल्नेहरुको भीडले यो गति बनाएको हो । सत्ता, स्वार्थ, र शक्ति केन्द्रका भरियाहरु स्वयं हामी भयौं । भै दियौं । अझै रजाई गर भनेर बेला बखत मैदानमा खुब उम्लन्छौं । तर त्यसको परिणम सदियौंसम्मका लागि आफ्ना सन्ततिहरुलाई कहाँनेर थेचारेका छौं होस चेत पलाएको छैन । सोचौं, मेरो र मेरा भन्नेहरुलाई टकटक्याऔं, हाम्रो र राम्रोको पक्षमा उभिन सिकौं । समृद्ध राष्ट्र निर्माणमा सुरु आफ्नै आँगनमा एक सुन्दर फूलको विरुवा रोपेर सुरुवात गरौं । त्यो फूलको विरुवा छिमेक, टोल, गाउँ, नगर, शहर बजारमा सारिराखौं । उचित मलजल गरौं, सुन्दर शान्त मुलुकका नागरिकको हैसियतमा नेपाल राष्ट्र चिनाउने इतिहास हामीले नै रचौं ।

* लेखक ebaglung.com का संपादक हुन् ।

तपाइको प्रतिक्रियाको लागि: ९०५७६२००४६
E-mail. burtibangjnlt@gmail.com
सामुदायिक रेडियो परिवर्तन बुर्तिबाङ बागलुङ,
नेपाल पत्रकार महासंघ केन्द्रिय पार्षद सदस्य ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *