गल्कोट उपत्यकामा वर्षा सँगै हुस्सू देखिएपछी…

दिनेश खत्री, गल्कोट २०७४ साउन २६ । गल्कोट उपत्यकामा अहिले पानी परिरहेको छ । मध्य वर्षातको बेला झमझम पानी परेर जताततै हिलाम्मे बनेको छ । मानिसहरुलाई घर बाहिर भित्र गर्न समेत अबिरल झरीले झन्झटमा पारेको छ ।

गल्कोट क्षेत्रमा यस वर्ष वर्षा सँगै हुस्सू देखिएको स्थानीयले बताएका छन् । पहिले पहिलेत वर्षातको मौसममा यस प्रकार हुस्सू देखिने नगरेको बताउदै वातावरणीय प्रदुषणका कारण हुस्सू लागेको हो कि भन्ने तर्क गर्न लागेका छन् । यसको बास्तविक कारणबारे स्थानीयवासी जिज्ञासु देखिन्छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *