पशुपति शम्सेर सहित राप्रपाका थप ६ जना केन्द्रिय सदस्यहरु निष्काशित

काठमाडौँ २०७४ साउन २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीको गत साउन २३ गते देखी जारी केन्द्रिय समितिको बैठकले थप ६ जना केन्द्रिय सदस्यहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी ६ वर्षका लागि पार्टीबाट निष्काशित गरेको छ ।

पार्टी केन्द्रिय अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले पार्टी विभाजन गरी पार्टी हित, एकता र स्वार्थमा आघात पुग्नेगरी गैह्रजिम्मेवारी काम गरेको भन्दै पार्टीको विधान अनुसार निष्काशित गरिएका केन्द्रिय सदस्यहरुमा ताहिर अली, जगत प्रसाद गौचन, बिजयकला राई, नवोदिता चौधरी, पशुपति शम्सेर राणा र निर्मला श्रेष्ठ रहेका छन् ।

यस अघी पार्टीले तीन जना सांसद सहित १६ जना केन्द्रिय सदस्यहरुलाई पार्टीबाट निष्काशित गरिसकेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *