शैक्षिक सुधार योजना बिषयक सरोकारवाला बिचको अन्तरक्रिया सम्पन्न

पुर्णभद्र निउरे/ खगेन्द्र विश्वकर्मा, गल्कोट २०७४ साउन २४ । ताराखोला गाउँपालिकाको आयोजनामा शैक्षिक सुधार योजना बिषयक सरोकारवाला बिचको अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।

अन्तरक्रियामा बोल्ने अधिकांश ब्यक्तीहरुले शैक्षिक क्षेत्रमा सुधार गर्नका लागि सबै आआफ्नो स्थानबाट सुध्रिनु पर्ने कुरा मा जोड दिएका थिए ।

सामुदायिक बिद्यालयमा प्रर्याप्त दरबन्दीको कमी हुनु, भौतिक ब्याबस्थापन पक्ष को कमजोर हुनु , सम्बन्धित निकायबाट नियमित अनुगमन र निरीक्षण नहुनु , अभिभावक शिक्षाको कमि तथा स्थानीय स्रोतका शिक्षकहरुको तलबमानमा असमनता जस्ता समस्याका कारणले शैक्षिक सुधारका प्रयास भएपनि सफल हुन नसकेको सबैको निष्कर्ष निकालिएको र आगामी दिनमा शैक्षिक समस्या समाधान का लागि गाउँपालिका भित्र शैक्षिक सुधार योजना निर्माणका लागि एक खालको समिति बनाभ्र अगाडी बढ्ने निर्णय गरिएको गाउपालिका का अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए ।

सो अबसरमा नेपाल मा बि तारा स्रोत केन्द्रका स्रोत केन्द्र ब्यबस्थापन समितिको अध्यक्ष दिवस खत्री , कार्यपालिकाका सदस्य धन बहादुर बि क , गाउँपालिकाको कार्यकारी अधिकृत शान्ति पौडेल लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा ताराखोला गाउँपालिका भित्र का २३ बटा बिधालयका प्रधानाध्यापक , बिद्यालय ब्यबस्थापन समिति का अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीको अध्यक्षता, नायब सुब्बा खडक बहादुर थापाको संचालन र ताराखोला गाउँपालिकाका प्रबक्ता तथा वार्ड न ४ का वार्ड अध्यक्ष जित बहादुर खत्रीको स्वागत मा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *