बाबुव्दारा ६ वर्षिया छोरीलाई करणीको प्रयास, बृद्धव्दारा सुस्तमनस्थितीकी महिला बलात्कृत

प्रेम सुनार, गुल्मी २०७४ साउन २४ । गुल्मीमा अकल्पनीय घटना घटेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले तयार पारेको यस वर्षको घटना विवरण अनुसार सत्यवती गाउँपालिका वडा नम्वर ७ का ३५ वर्षिय प्रेम सार्कीले आफ्नी ६ वर्षिया छोरी लाई जवरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

त्यस कार्यालय मुद्दाफाँट प्रमुख प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवले ६ वर्षिया छोरीको जवरजस्ती करणी उद्यागेको र अर्को छोराले आमाको हत्या अनि ७३ वर्षिय बृद्धव्दारा एक महिलाको वलात्कार घटना विरलै घट्ने घटनाहरु यस वर्ष गुल्मीमा घटेको बताए । गुल्मीको विशुखर्क बस्ने ७३ वर्षिय बृद्धले स्थानिय सुस्तमनस्थितीकी २२ वर्षिया महिलालाई वलात्कार गरेको अभियोगमा अदालतले पुर्पक्षका लागि थुनामा पठाई सकेको समेत यादवले जानकारी दिए ।

त्यस्तै रेसुङ्गा नगरपालिका वडा नम्वर १२ का ३५ वर्षिय कृष्णप्रसाद आचार्यले १४ वर्षिया बालिका , सोही नगरपालिका वडा नम्वर ११ का रमेश तङ्गनामीले १३ वर्षिया वालिका, ईस्मा गाउँपालिका वडा नम्वर ४ का २४ वर्षिय शिवलाल थापाले १९ वर्यिया महिला, रुरु गाउँपालिका वडा नम्वर ७ का ४६ वर्षिय गणेश भन्ने लक्ष्मीप्रसाद ज्ञवालीले ४२ वर्षिया बोल्न र सुन्नै नसक्ने महिलालाई वलात्कार गरेको अभियोगमा मुद्दा चलिरहेको छ । त्यस्तै मुसिकोट ३ का ५१ वर्षिय यमबहादुर सुर्यबंशीलाई पनि ११ वर्षिया वालिका करणी उद्योगमा मुद्दा दर्ता हुने क्रममा रहेको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *