स्थानीयको रु ५६ हजार सहयोगमा हरिचौर-ताराखोला जोड्ने झोलुंगे पुल मर्मत

गुमानसिँह भण्डारी, गल्कोट २०७४ साउन २४ । गलकोट नगरपालिका र ताराखोला गाउपालिका जोड्ने झुलुङगे पुल मर्मत गरिएको छ । स्थानियको ५६ हजार लागतमा हरिचौर जंगरा तरिम पुल मर्मत गरिएको स्थानिय खिमराज गैरेले बताए ।

३ बर्ष पहिले मर्मत भएको पुलको यस बर्ष ग्रिल बिच्छ्याएर मर्मत गरिएको हो । ताराखोला र हरिचौर जोड्ने काठको मोटरएवल पुल निर्माण भएपछि उक्त पुल भएर मानिसहरु कम मात्रामा आवतजावत गर्ने गरेपछि पुल मर्मत तर्फ कसैको ध्यान पुगेको थिएन । बर्षातको समयमा मोटरएवल पुल नजिक खोलाको बहाव आउने भएपछि पैदल यात्री झुलुङगे पुलबाट यात्रा गर्ने गरेका छन ।

काठको फल्याक बिच्छएको ३ बर्ष भएका कारण दुर्घटना हुन सक्ने भन्दै स्थानियले आर्थिक संकलन गरि मर्मत सम्भार गरेका हुन । पुल मर्मतका लागी स्थानिय नरहरि निउरेले १० हजार, छबिलाल न्युरेले १० हजार, टकाराम निउरेले ५ हजार , खेमराज गैरेले ५ हजार, बिष्णुप्रसाद निउरेले १० हजार, खिमनाथ निउरेले ७ हजार, प्रकाश न्युरेले ३ हजार र हिरा काला मगरले १० हजार गरि जम्मा ५६ हजारको लागतमा ग्रिल खरिद गरि मर्मत सम्भार गरिएको हो ।

पुल मर्मत भएसँगै दैनिक रुपमा उक्त पुल भएर घासदाउरा गर्ने करिब १२ घरपरिवारलाई आवतजावतका लागी सहज भएको छ । त्यस्तै बर्षातको समयमा खोलामा पानीको बहाव बढि हुने हुदाँ सोहि पुलबाट यात्रा गर्न पाएको स्थानियको भनाई रहेको छ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *