ढोरपाटन नगरपालिकाका प्रमुख नेपाली चढेको हेलिकप्टर बरेङमा आकस्मिक अवतरण

बागलुङ २०७४ साउन २४ । उत्तरगंगा बनबुकी जलाधार मन्दिर संरक्षण तथा सम्वर्धन समितिको आयोजनामा सञ्चालित कार्यक्रमको उद्घाटनमा ढोरपाटन पुगेका ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपाली चढेको हेलिकप्टर फर्कनेक्रममा आज बागलुङको दक्षिण बरेङमा आकस्मिक अबतरण गरेको छ ।

आज मध्यान्ह ढोरपाटनबाट पोखराका लागी उडेको नाइन एन–एजिएनको प्रभु हेलिकप्टरमा ईन्धन सकिएपछि बरेङ गाउपालिका–१ स्थित विपि क्लोनिमा दिउसो सवा १ बजे आकस्मिक अबतरण गरेको हो । ढोरपाटनबाट बुर्तिबाङ हुदै पोखरा तर्फ उडान भरेको हेलिकप्टर खराब मौसमका कारण लामो समयसम्म रुकुम, रोल्पा, प्युठान र गुल्मीको आकाशमा होल्ड गर्नुपरेको नगर प्रमुख नेपालीले बताए । लामो समय होल्ड गर्दा हेलिकप्टरको ईन्धन सकिएकाले बरेङमा आकस्मिक अबतरण गर्नुपरेको नेपालीको भनाई थियो ।

अवतरण गरेको करिब १ घण्टा पछि पोखराबाट अर्को ९ एन–ए.जि.डब्लुको प्रभु हेलिकप्टरमा ईन्धन मगाएर दुबै हेलिकप्टर पोखरा प्रस्थान गरेका बरेङबाट रेडियो विहानीका सह सम्पादक शेखर थापाले जानाकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *