कीर्तिपुरको बाघ भैरव मन्दिरमा गाईजात्राको आयोजना

बिमल खड्का, काठमाडौ २०७४ साउन २४ । काठमाडौ उपत्यका लगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा आज गाईजात्रा मनाईदै छ । नेवार समुदायले आफन्त दिवङ्गत भएकाको सम्झनामा भाद्र शुक्ल प्रतिपदामा यो जात्रा मनाउने प्रचलन रहि आएको छ । गाईजात्राका दिन विशेषगरी वर्ष दिनयता मृत्यु भएका आफन्तको स्मृतिमा झाँकीसहित जात्रा निकाल्ने प्रचलन रहि आएको छ ।

राजधानी तथा देशका बिभिन्न ठाउँहरुमा मृतकको तस्विरसहित गाईको झाँकी सहित शक्ति पिठहरुमा परिक्रमा गरेर मनाईदैछ । दिवङ्गत भएकाको स्मृतिमा पुण्यको कामना गर्दै गाईको झाँकीमा आएकालाई चोखो खानेकुरा र भेटी दान गर्दा पितृले मोक्ष पाउँछन् भन्ने मान्यता छ ।

काठमाडौको कीर्तिपुरको बाघ भैरव मन्दिरमा गाईजात्राको आयोजना गरिएको छ। काठमाडौ कृर्तिपुरको बाध भैरव मन्दिरमा रहेको पोखरीमा स्नान एवं भजन कृतन गरीरहेका स्थानीय नेवार समुदायका मानिसहरु !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *