रोजगारीका लागि दक्षिण कोरिया गएका पर्वतका एक युवकव्दारा आत्महत्या

पर्वत २०७४ साउन २४ । डेढ वर्ष पहिले रोजगारीका लागि दक्षिण कोरिया पुगेका पर्वत थापाथानाका २८ वर्षिय केशव श्रेष्ठले झुण्डिएर आत्महत्या गरेका छन् । उनले आफुले काम गर्ने कम्पनिको माथी छतमा जाने भ-याङमा झुण्डिएर आत्महत्या गरेका हुन् । राति कोठामा सुतेका श्रेष्ठलाई विहान काममा जाने समयमा कोठामा बस्ने साथीहरुले नदेखेपछी वरपर खोज्दा उनी भ-याङमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटेको बताएका छन् ।

श्रेष्ठले आत्महत्या गर्नु पहिले अगस्त ८ मा लेखेको पत्र (सुसाइड नोट) मा, “… आफनो स्वास्थ्यको आन्तरिक समस्या निद नलाग्ने कारण बिगत केहि समय देखी उपचार गर्दा नभएको, दिनहरु बिताउन पनि साह्रै गह्रो भएको कारण आज यसबाट बिदा लिने अनुमति माग्दछु…” भनेका छन् ।

उनले पत्रमा, “कम्पनिले पनि ल्याङ ल्याङ गर्छ । पेपर दे घर जान्छु भन्दा (..दिन्न ?) मेरो Acount मा ३२००००० लाख won छ । त्यसमा बुढी र बहिनीलाई दिनुहोला । उही…..”लेखेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *