प्रवास : जापानको कोबेमा गोर्खाबाट पढ्न आएका एक नेपालीको मृत्यु

मेघराज सापकोटा. ‘रिष्मेली’, जापान २०७४ साउन २४ । गोर्खाबाट अध्ययनका लागि जापान आएका एक विद्यार्थीको मृत्यु भएको छ । मृतक गोर्खा घ्याल्चोकका २६ वर्षिय डम्मरबहादुर गुरुङ सन २०१५ को सेशनमा विद्यार्थीको रुपमा जापान आएका थिए । मृतक गुरुङ कोबेस्थित कोबे आर्ट सेन्मोन गाक्कोमा अध्ययनरत थिए ।

श्रोतका अनुसार मृतक गुरुङ राति १० बजेको समयमा काम गरेर कोठामा फर्किएर खाना खाएर सुतेका थिए । विहान पख उनी एक्कासी च्यूरिएपछी साथै बस्ने साथीले किन च्यूरिए भनेर हेर्दा उनलाई बेहोस देखेपछी उनलाई उपचारार्थ कोबे च्युओ सिमिन अस्पताल लगिएकोमा विहान ९ बजेतिर उनलाई डाक्टरले मृत घोषित गरेका थिए ।

मृतक गुरुङका साथीहरुले उनमा यस्तो कुनै रोग भएको लक्षण यस अघि नदेखिएको बताएका छन् । गुरुङको मृत्युको कारणबारे जापान प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *