बलेवा क्षेत्रलाई लक्षित गरी पैयुँपाटा स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा सञ्चालन

नारायण रिजाल, बागलुङ २०७४ साउन २४ । बलेवा क्षेत्रलाई केन्द्रित गरी बागलुङ नगरपालिका – १३ स्थित पैयुँपाटा स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याईएको छ ।

एम्बुलेन्स संचालन सँगै लामो समय देखि समस्या झेल्दै आएका पैयुँपाटा लगायत बलेवा क्षेत्रका सर्वसाधारण बढी मात्रामा लाभान्वित हुने भएका छन् ।

स्वास्थ्य चौकीमा सबै प्रकारकोे उपचार सेवा नहुँदा सिफारिस गरी पठाउनुपर्ने बिरामीलाई समयमा गाडी नपाईने हुनाले धौलागिरी अंचल अस्पताल तथा अन्य अस्पतालमा सेवा लिन जान सेवा ग्राहीलाई कठिनाई परेको थियो ।

अब भने गाउँलेले प्रत्यक्ष रुपमा सेवा पाउने र सिफारिस गरी पठाउनुपर्ने बिरामीलाई पनि सदरमुकाम बागलुङ बजार र पोखरा काठमाडाँै पु¥याउन सहज हुने बा.न.पा. १३ का वडा अध्यक्ष एवं स्वास्थ्य चौकीका संरक्षक नारायण शर्मा पौडेलले बताए ।
पुर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाका प्रमुख सल्लाहाकार प्रताप पौडेलको विशेष पहलमा स्वास्थ्य मन्त्रालयबाट करिब ३० लाख बराबरको एम्बुलेन्स स्वास्थ्य संस्थालाई निःशुल्क उपलब्ध गराईएको अध्यक्ष पौडेलले बताए । तत्कालीन अवस्थामा स्वास्थ्य मन्त्रालयको सल्लाहाकार हुँदा बागलुङको स्वाथ्य क्षेत्रका लागि प्रतापले महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए । जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीको सुदृढिकरणमा पनि उनले निकै राम्रो पहल कदमी चालेका थिए ।

नागरिकका लागि स्वास्थ्य सेवा सबैभन्दा संवेदनशील विषय भएकाले एम्बुलेन्स लगायत अन्य अत्यावश्यकीय सेवा उपलब्ध गराउनका लागि सबै निकाय सँग समन्वय गर्ने पौडेलले बताए ।

उक्त एम्बुलेन्स अहिले स्वास्थ्य चौकीमा आई सकेको र एम्बुलेन्स संचालनका लागि कार्यविधि तयार पारी संचालनको सुरुवात गरिएको स्वास्थ्य चौकीका हेल्थ असिष्टेन्ट शुशिल पौडेलले बताए ।

बलेवा क्षेत्रका सबै वडा तथा गाउँमा सडक सुविधा पुगेको भए पनि नियमित यातायातका सवारी साधन नचल्दा एम्बुलेन्स सेवाको चर्को आवश्यकता खड्किएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *