निसीखोलामा परिहोमा परी मृत्यु भएका ५ जनाका परिवारलाई एकएक लाख राहत रकम हस्तान्तरण

बिमल खड्का, बुर्तिवाङ २०७४ साउन २३ । बागलुङ जिल्लाको निशीखोला गाउपालिका वडा नम्बर १ र २ मा गत साउन २० गते पहिरोका कारण ज्यान गुमाएका परिवारका सदस्य जनही १ लाखका दर र पुर्ण रुपमा घर भत्किएका परिवारका सदस्यलाई १० हजारका दरले जिल्ला प्रसाशन कार्यालय बागलुङबाट प्राप्त भएको राहत आज मृतक परिवारका सदस्यलाई हस्तान्तरण गरिएको छ ।

निसीखोला गाउपालिका वडा नँ २ मा पहिरोका कारण मृत्यु भएका मनीमान छन्त्यालको श्रीमती नन्दकली छन्त्याल छोरी गिता छन्त्याल र बुहारी बिन्दु छन्त्यालको आफन्त सिता छन्तयाललाई प्रति सदस्य१ लाख रुपैयाका दरले ४ लाख र १० घर पुर्ण क्षति भएका परिवारलाई १० हजारको दरले बितरण गरिएको छ ।

त्यस्तै वडा नँ १ हुल्दीमा मृतक खगिसरा सिँजालीको परिवारमा नाती गिर बहादुर सिँजालीलाई नगद १ लाख र घर घर पुर्ण क्षेति भएबापत १० हजार गरी १ लाख १० हजार हस्तान्तरण गरिएको छ ।

त्यसतै मुचुल्काका आधारमा निसीखोला गाउपालिका वडा नमबर २ का भुपाल छन्त्याल, प्रेम बिक र वडा नमबर ३ का भद्रे कामी र जुना कामीको परिवारलाई १०⁄१० हजार रुपैयाका दरले राहत हस्तान्तरण गरिएको छ ।

बितरण गरीएको राहत कार्यक्रममा निसीखोला गाँउपालीका अध्यक्ष तारानाथ पौडेल, एकृकीत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापा, प्रहरी सहायक निरीक्षक नारायण शर्मा निसीखोला गाउपालिका वडा नम्बर १ का अध्यक्ष ईन्द्रबहादुर मल्ल २ का अध्यक्ष कुविर बिक ३ का अध्यक्ष जुनबिक्रम साहि लगाएतको सहभागितामा राहत रकम हस्तान्तरण गरिएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *