ऋषिमुनिको गाउँ ‘मेरो रिष्मी’लाई फर्केर हेर्दा ….

रेशम के.सी.

धेरै पहिले ऋषिमुनिहरु आएर बसेका थिए रे यहां, तिनै ऋषिमुनि आएर बसेको गाउ हुनाले ऋषिमुनिको गाउ भन्दा भन्दै ‘रिष्मी’ नाम रहन गयो रे । हो, त्यही गाउ , जहा म जन्मेको हु, मेरो जीवनको सबैभन्दा सम्झन लाएक रमाईलो पल बिताएको छु् । आज १५ बर्ष पछि फेरी आउन पाउदा मन यसै यसै चंगा जस्तै हावामा उडिरहेछ्, हुरुरुरु एक हुल चराहरु रुखबाट उडेर गए। थुक्क लागेन , एउटा फुच्चेले भन्यो । हातमा गुलेली समाएका तिन चार जना फुच्चेहरु गांइगुई गर्दै चराहरु गएतिरै दौडिए। मैले तिनीहरुलाई चिनिन । चिन्नु पनि कसरी, म गांउ छोड्ने बेलामा सायद यिनीहरु जन्मेका पनि थिएनन होला ।

मेरा पनि यस्तै दिन थिए कुनै दिन । हर्के , धर्बे , मने , म यस्तै ग्यांग बनाएर यसरी नै गुलेली लिएर चरा मार्न हिन्थ्यौ । अहिले त गाउ फेरीएछ । गाउ तिर गाडी जाने बाटो बनेछ्, खरको छानो भएको घर कसैको पनि देखिन, घर घरमा सबैले सिमेन्टले प्लास्टर गरेछन् अहिले त सबैका घरमा चर्पि पनि बनेछन । बालापनमा हुर्केको खेलेको ठॉउ हेर्दै उकालो लागेर ठुलारे जेठा बा उसैगरी आगनमा बसिरहेका रहेछन । यिनको जमाना मै खुट्टो भाचिएको हो्र हिडेर त्यति टाढा कतै जादैन्थे । यिनीपनि बुढा भैसकेछन । जेठा बा, नमस्कार १ मैले भने , आखा पनि कमै देख्न थालेछन । अलिबेर ठम्याए तै पनी चिनेनन । हातको सिक्रेटको ठुटो भुईमा झोँसेर निभाउदै उन ले सोधे- ‘मैले अलि चिनिन बाबु , बस, कहाबाट आयौ ?’

गुन्द्रीमा बस्दै मैले भने- ‘म पल्लाखर्के साईलाको छोरो’, मैले भनेपछि उनले आखा तानेर हेरे अनि सोधिहाले- ‘कहिले आईस, बालाई सन्चै छ ?’

‘सन्चै छ, म आजै आको जेठा बा’ – मैले भने ।

मेरा बा र यिनी बाल्यकाल देखिकी दावलि रहेछन पुराना कुरा गर्दै बुढाले आखामा टिलपिल टिलपिल आसु बनाए । बालाई पनि लिएर आको भए हुन्थ्यो नि जस्ता कुरा गरे । बुढा अलि भावुक बन्दै गएपछि मैले कुरा अर्कैतिर मोडे, खोई त दाई भाउजुलाई देख्दिन ।

‘जेठो लाहुर गाको छ, बुहारी मेलामा गाकी छ, कान्छा कान्छीत उतै मधेस तिर बस्छन । कान्छाले कहिले काही फोन गर्छ, यतै आउनुस त भन्छ , उसले भनेर क्यार्नु बाबु, बुहारीले बचन लाउछे, तिनी बचन सुन्नु भन्दा यतै मर्छु भनेर गईन , म त बुढो भए, आखा बसे कान पनि राम्रो सुन्दिन, यो बुढेस कालमा दु:ख पाउनु भन्दा त बरु कालले फ्याट्ट लगे नि आनन्द हुन्थ्यो ।’ लामो सुस्केरा हाल्दै भने बुढाले ।

म वाक्क न बाक्क भए्, आफ्नै मन गह्रौ बनाउदै उकालो लागे । म उकालो लाग्दै गर्दा बुढाले भन्दै थिए, ‘भरे यतै बस्न आउनु ।’

यही बाटो हो यही ऊकाली ओराली हो म स्कुल जाने, घॉस काट्न खरबारीमा जाने , कति चप्पल फटालेको छु यो बाटोमा, लुकामारी, ईटापल्ट्यो र लिर्कुटी खेल्दा कति जॉंगे फटालेको छु यो माटोमा, यो बाटो यो माटो यी ढुंगा यी रुखहरु संग मेरो आफ्नै भावनात्मक सबन्ध छ र यी आँपका रुखका हॉगा हॉगा सबै चाल्थ्यौ हामी । उ, त्यो अग्लो काब्रोको रुखमा सँधै कागले गुँड लगाउथ्यो । हामीले स्कुल आउने जाने बेलामा ढुंगाले त्यो कागको गुँडलाई हिर्काउथ्यौ । एक पटक मनबिरे बालाई ढुंगाले झण्डै लागेछ हामीलाई दगुराउदै स्कुल सम्म पुराएका थिए्र । त्यो दिन हेडसरले हामीलाइ कुखुरा बनाएका थिए । पछि एकहप्ता जति हामी त्यो बाटो नै हिडेनौ । आजभोलि त त्यहा वरीपरीका घरमा पनि कोही नबस्ने रहेछन् धारो छ तर पानी आको छैन । यहि हो दशैमा सबैले घर लिप्नको लागी रातो माटो लग्ने ठॉउ, एक चोटी त्यहा खुप झगडा परेको थियो माटो खन्ने बिषयलाई लिएर् त्यो जामुनाको रुख ढलाएछन । पनिवलको रुख पनि सुकेछ, यो सालघारी यो रानिवन यहाका खनिउ, बेडुला केही बाकी रहैदनथे हामी स्कुल पढुन्जेल ।

एक पटक स्कुलमा धतुरो खादा सरले लाइन लगाएर हातमा बॉसको लौराले हानेका थिए । केटाहरु प्रायस, सबैले धतुरो खाएर ३/४ दिन सम्म स्कुल पनि गएको थियनौ । गाउको बस्ती हट्दै गएपछि स्कुल पनि तल सरेछ । यही स्कुल हो जहा मैले क,ख सिकेको । भवन पुरानो भैसकेछ, छानाबाट पानी चुहिने रहिछ, हरेक साल तिजको दिन यो स्कुलमा ज्यादै रमाईलो हुनथ्यो । चर्खे पिँग र लुठे पिँग खेल्न पनि लुछाचुडि नै हुन्थ्यो । ्चेलीबेटीहरु जम्मा भएर तीजका गीत गाउथे, नाचेर खुबै रमाईलो गर्थे । तीज आउनु भन्दा अघि देखी नै घर घरमा जम्मा भएर गीत गाउने चलन थियो । अहिलेको जस्तो छाडा गीत त्यति बेला थिएनन । हुनत त्यो बेलामा टि़भी पनि थिएनन् गाउमा तर पनी भिन्दै रमाईलो थियो ।

पिपलको रुख पनि उस्तै रहेछ । भुमिराज काका पिपलको तेर्सो हांगामा मस्त निदाएको हामी हेरीरहन्थ्यौ । गाउका आमा दिदीहरुले मंगलचौथि पुजा यहि पिपलको रुखमा गर्थे । मंगल चौथि पुजा गर्दा मागी मागी प्रसाद खान्थ्यौ । स्कुल भन्दा अलि तलतिर बस्थे गोपाल सबैले उनलाई चुरे कान्छा भन्थे । यिनका पनि अगाडिका दॉत सबै फुक्लेछन । यिनले हाम्रोमा रोपाई गर्न आउदा खोकमा चढ्नको लागि म र भाई मरिहत्ते गर्थ्यौ । यिनको घाँटी पछिपट्टी सानो मासुको डल्लो थियो । हामीले सोध्दा धनकुटिरो भन्थे यिनले। हामीले खुबै रमाईलो मानी मानी त्यो धनकुटिरोलाई चलाईदिन्थ्यौ ।

मनभरी बिगत नियाल्दै केही उमंग, केही हर्ष, केही पीडा, केही खुसी हुदै उकालो लाग्छु् । बारीहरु बाझिएछन्, ती बारीहरुमा घॉस उम्रिएर झाडी भैसकेछ, कता कता चराहरुको आवाज बाहेक सुनसान गांउ बनेछ, गाउका सबै युबा बिदेश पसेपछि सबैले ठाउ ठाउमा घर किनेर बसाई सरेर बारी कसले गरिदेओस । सबैका घर थोत्रिएछन ।

बाटाघरे हजुर आमा पनि बुढी भैसकिछन्, यिनी पनि एक्लै बस्दिरैछन् । यिनको घरमा कति रमाईलो हुन्थ्यो पहिले पहिले सबै हुदा, बुढेस काल लाग्दा पनि यिनलाई दु:खले छोडेन । बारीमा घॉंस काट्न जान भनेर हसिया नाम्लो ठिक्क पारेकी रहिछन मलाई देखेपछि रोकिइन् । मैले नमस्कार गरेपछि यिनले अड्कल गरेर बोलिन ‘साईलाको छोरो हैनौ र ?’ ‘हो’ मैले भने । मेरो र बा को सक्कल उस्तै उस्तै छ, प्राय: सबैले अड्कल गर्न सक्छन् बुवालाई राम्रो संग चिन्नेहरुले ।

‘अझै घांस काट्दै हुनुहुदो रहेछ ‘मैले भने, घाँस त काट्नै पर्यो बाबु, गाई पालेकी छु एउटा , दुध खान पनि भयो, गाई पालेर धर्म पनि हुने , के गरौ खै, छोरीहरु घरघर गए, छोरो बिदेश गएसी बुहारी पनि नाती पढाउन सहर गई , हजुर आमाले भनिन र थपिन, यो गाऊमा कोही मर्यो भनेनी मलामी पाउन गार्हो भो बाबु , सबै बिदेस गए, गांउ सुन्यै छ, आखिर त्यै नै त छ गाँउको स्थिती, युबा जति सबै बिदेस तिर छन, धेरै त बसाई नै सरिसके्र बाकी घरमा बुढाबुढी र केटाकेटी मात्र छन, चिया पकाउछु है म भन्दै बुढी भित्र छिरिन ्यता मान्दाराको डाडा पनि सुन्यै छ, उता नौले पनि उस्तै सुन्यै देख्छु् झिर्का र राम्चेको घासमा त आजभोली घोरल मृगहरु रमाएका होलान्र कुनै समय थियो कस्ले ठुलो भारी ल्याउने भनेर प्रतिस्पर्धा नै हुन्थ्यो . लेकको काफल र औंसेलुमा बनचरी मात्रै रमाउछ होला्र कुनै दिन हामी पनि रमाउथ्यौ . चोरी चोरी काक्रा र नास्पति खान्थ्यौ माथि फर्केर चुईसल्ला को भिर हेर्छु , आहा ! कति हरीयो . पहिले पहिले इन्ताका त्यहॉको घॉस काटेर सकिएको हुन्थ्यो । गाउका सबै गाई गरु अनि बाख्रा सबै त्यही भिर मा हुन्थे। त्यो भिरको सबै भन्दा अप्ठेरोमा गएर घॉस काट्ने कान्छाए पनि मधेस तिरै बसाई सरेछन्रबर्खामा पानि पर्दा ओतिनको लागी साना साना छाप्रा बनाउनको लागि हामी बिच कहिले काही लडाभाती नै हुन्थ्यो्र यति सुन्दर गाउ , बालापन बिताएको ठॉंउ , पाखा पखेरा हेर्दा , साथिहरु संग बिताएको पल सम्झिदा बिरह ले मन भरीएर आयो्रचिया पिउदै गर्दा पानि पर्न थाल्यो । म हत्तार हत्तार बेसी तिर झर्न लागे । आखिर पानिले भिजाई हाल्यो । गल्लीमा बगेको भल संग तछाड मछाड गर्दै मेरा पाईलाहरु अगाडी बढिरहे…..!

रेशम के.सी.
गल्कोट ।
२०७४ साउन २३ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *