महिला सहकारी समन्वय समितिको सम्मेलन सम्पन्न

बागलुङ २०७४ साउन २३ । महिला सहकारिको ऐक्यबद्दता, सहकारीको अपरिहार्यता, भन्ने मुल नाराको साथ, महिला सहकारी जिल्ला समन्वय समिति बाग्लुङ को पहिलो भेला तथा साधारण सभा जिल्ला भरिको महिला सहकारिहरुको सहभागितामा सम्पन्न भयो ।
कार्यक्रममां बोल्दै प्रमुख अतिथि एवं महिला बिकास अधिकारी डिल कुमारी शर्माले महिलाको आर्थिक सामाजिक शक्ति कमजोर भएकोले एक्यबद्दता अपरिहार्य भएकोले महिलाको साझा सहकारी समन्वय समितिलाई आवश्यक सहयोग गर्ने बताईन ।
सो अवसरमा डिभिजनल सहकारि कार्यालयको सूचना अधिकृत होमनाथ सुबेदीले सहकारी कार्यलय र सहकारीहरु नङ, मासुको सम्बन्ध भएकाले समन्वय, नीतिगत सहकार्य र नयां ऐन तथा कर प्रणालि स्थानिय निकाय बाट हुने प्राबधान बारे सजक भई कार्य सम्पादन गर्न आग्रह गरे ।
अधिकारकर्मीएवं अभियन्ता सिताराम थापाले लैङ्गिक समानता एवं महिला अधिकार र समाबेशिको दृष्टिले नेपालको ईतिहासमा महिला सहकारीको समन्वय समितिबाट शुरु भएकोले नमुना कार्य गरि यसलाई नीति निर्माण सम्म पहुंच पुर्याउन र सहकारीमा महिलाको पंहुच सुनिश्चित गर्न लागि पर्ने बताए ।
कार्यक्रममा महिला अधिकारकर्मी सकुन्तला शर्मा, सल्लाहाकार प्रमिला राजभण्डारी, ईन्द्र श्रेष्ठ, बुर्तिवाङ बाट लिलमाया पुन, कुश्मिशेराबाट खिमा थापा, गल्कोटबाट भगवती मल्ल लगायतले शरभकमना मन्तब्य दिएका थिए ।
नयां कार्यकारी समितिमां अध्यक्ष लिला खड्का, उपाध्यक्ष, प्रमिला राजभणडारी, टसचिब, ज्ञानु थापा मगर, सहसचिब, शशी किरण श्रेष्ठ, कोषाध्यक्ष, मिमला जिसि, सदस्यहरु, डिलमाया पौबि, पबित्रा बुढाथोकि, यमुना ढकाल, खिमा थापा, भगवती मल्ल, खिमा श्रीस चयन हुनु भएको छ१ महिला सहकारी समन्वय समितिका अध्यक्ष लिलादेबि खड्काको अध्यक्षता, शशी श्रेष्ठको स्वागत, शान्ति ज्ञावलीले भेफाको उद्देश्य र सचिब ज्ञानु थापामगरले संचालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *