बडीगाड गाउपालिका स्तरीय महिला समन्वय समिति गठन

बिमल खड्का, बुर्तिवाङ २०७४ साउन २३ । बागलुङ जिल्लाको बडिगाड गाउपालिमा गाउपालिका स्तरिय महिला समन्वय समितिको आज गठन गरिएको छ ।

कार्यक्रमा बडिगाड गाउपालिकाका कार्यकारी सदस्य हिमा रायमाझीको अध्यक्षतामा बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिह पाईजाको प्रमुख आथित्याता रहेको थियो कार्यक्रम बोल्दै पाईजाले लक्षित बर्गलाई बिनियोजित रकम सहि ठाउमा प्रयोगगरि समाजमा बिकास भएको हेर्न चाहेको बताएका छन ।

कार्यक्रम बडिगाड गाउँपालिका कार्यकारी समितिको आयोजनामा भएको थियो सोहि अबसरमा बिना थापाको अध्यक्षतामा २१ जना सदस्य समितिको गठन गरिएको बताईएको छ। जस्मा उपाध्यक्ष आसा गुरुङ सचिव माया केसी कोषाध्क्षय दिलमाया थापा लगाएत अन्य सदस्यहरु रहेका छन् । नयाँ गठित समितिले गाउपालिकाका वडाहरुमा महिला सम्बन्धि सचेता कार्यक्रम तथा बिकट वडाहरु छनोट गरि त्यहाका महिलाहरुलाई स्वरोजगारमुखी कार्यक्रम ल्याउने अध्यक्ष थापाले बताए ।

कार्यक्रममा बडीगाड गाउँपालिकाका सबै वडाबाट महिलाहरुको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन बडीगाड गाउँपालिका कार्यकारी समितिकी सदस्य मिना रायमाझीले गरेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *